प्रेस युनियन कर्णाली प्रदेशको अधिवेशनमा माइक खोसाखोस

नेपालभ्युज

प्रेस युनियन कर्णाली प्रदेशको अधिवेशनमा माइक खोसाखोस

काठमाडौं। नेपाल प्रेस युनियन कर्णाली प्रदेश प्रथम अधिवेशनका क्रममा विवाद भएको छ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको टाकुमा होटेलमा बिहीबार सुरु भएको अधिवेशनमा संस्थापन र इतर पक्षबीच पार्षदको विषयमा विवाद भएको हो ।

संस्थापन पक्षले आफ्नो पक्षका सदस्यको नाम काटेर इतर समूहले आफ्ना सदस्य धेरै राखेको आरोप लागाएको छ । कार्यक्रममा प्रेस युनियनका अध्यक्ष शिव लम्साल, कांग्रेस नेता डा. मीनेन्द्र रिजाल, कांग्रेस नेता हृदयराम थानी पनि उपस्थित छन् ।

कार्यक्रममा माइक खोसाखोससमेत भएको जनाइएको छ । अहिले दुवै समूहबीच सहमतिका लागि छलफल भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved