के अर्जेन्टिनीहरू नेपालीलाई साँच्चिकै घृणा गर्छन् ? नेपालीले भिसा पाउँदैनन् ?

ब्रिटिस र अर्जेन्टिनाबीचको लडाइँमा गोर्खा सैनिकहरू प्रयोग भएका मात्र थिए। यसैले अर्जेन्टिनीहरुले नेपालीहरूलाई घृणा गर्छन् भनेर भ्रम छर्न मात्र अहिले अनेक किस्सा चलाइएको जानकारहरू बताउँछन्। सामाजिक सञ्जालमा देखाइएको जस्तो अर्जेन्टिनाले नेपाली झन्डा जलाएको कुरा अफवाह मात्रै रहेको पुष्टि भइसकेको छ।

नेपालभ्युज

के अर्जेन्टिनीहरू नेपालीलाई साँच्चिकै घृणा गर्छन् ? नेपालीले भिसा पाउँदैनन् ?

काठमाडौं। ‘अर्जेन्टिनीहरुले नेपालीलाई घृणा गर्छन् त्यो देशको किन सपोर्ट गर्ने?’ ‘अर्जेन्टिनाले नेपालीलाई भिसा नै दिँदैनन्, अनि त्यो देशको किन सपोर्ट गर्नु अरू देशकै पक्षमा लागौँ।’

पछिल्लो समय यी वाक्यहरू सामाजिक सञ्जालमा प्रशस्त देख्न पाइन्छ। फेसबुक वा ट्विटर स्क्रोल गर्दै जाने हो भने यी पोस्टहरू भेटिरहेका हुन्छन्। अर्जेन्टिनीहरुले नेपालीलाई घृणा गर्ने विषयमा पहिलो पटक सञ्जालमा चर्काचर्की भएको भने पहिलो पटक होइन। विश्वकप फुटबलको महाकुम्भ जारी रहँदा हरेक पटक यस्ता चर्चा भइरहेका पाइन्छन्।

अहिले पनि विश्वकप फुटबल प्रतियोगिता क्लाइमेक्समा पुगेको छ। उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने भएका छन् । चर्चा चलेको छ फ्रान्स कि अर्जेन्टिना ? यसपटक पनि यी दुई देशका प्रशंसकहरूबीच सामाजिक सञ्जालदेखि गल्ली गल्लीमा हल्ला र चर्काचर्की हुन थालेको छ।
त्यसो त नेपालमा सर्वाधिक प्रशंसक पनि अर्जेन्टिनाकै भएको अनुमान गरिन्छ। टिम क्याप्टेन मेस्सीको जादुमयी खेलका प्रशंसकको बालकदेखि ज्येष्ठसम्म छन्। यता नेपालीहरू भने अर्जेन्टिनाको पक्षमा ‘क्रेजी’ भइरहँदा रोचक पक्ष त के भने, ‘उनीहरू भने नेपाललाई घृणा गर्छन्’ भन्ने भास्य जबरजस्त फैलाइएको छ।

त्यसो त नेपालमा सर्वाधिक प्रशंसक पनि अर्जेन्टिनाकै भएको अनुमान गरिन्छ। नेपालीहरू भने अर्जेन्टिनाको पक्षमा ‘क्रेजी’ भइरहँदा रोचक पक्ष त के भने, ‘उनीहरू भने नेपाललाई घृणा गर्छन्’ भन्ने भास्य जबरजस्त फैलाइएको छ।

फकल्यान्डकाे नक्शा

नेपालले अर्जेन्टिनाको के बिगारेको थियो ?

अर्जेन्टिनीहरु नेपाल र नेपालीलाई घृणा गर्छन् भन्ने भास्य निर्माण भएको सम्बन्धको रहस्य बुझ्न आजभन्दा ४० वर्षअगाडी फर्किनुपर्छ। अर्जेन्टिनाबाट करिब १५ सय किलोमिटर र बेलायतबाट करिब १३ हजार किलोमिटरको दूरीमा अहिले पनि अवस्थित छ फकल्यान्डको टापु। जुन टापु पछिल्लो ४० वर्षयता ब्रिटिशको कब्जामा छ।

अर्जेन्टिना नजिक रहेको टापु अर्जेन्टिना र ब्रिटेनमध्ये कसको भनेर कयौँ वर्षदेखि विवाद चलेको थियो। त्यहाँ फ्रान्स र स्पेनले पनि दाबी गर्दै आएका थिए। त्यो टापुलाई सन् १७६४ मा फ्रान्सले कब्जा गरेको थियो। १७६५ मा फेरि ब्रिटेनको कब्जा जमायो। फेरि स्पेनले त्यो टापुमा कब्जा जमाएर ब्रिटेनलाई धपायो। आफ्नो भूगोलबाट नजिकैको टापुमा विस्तारवादीहरुबीच पकडको होडबाजी चलिरहँदा अर्जेन्टिना चिढिन पुगेको थियो।

फकल्यान्डको युद्धमा सेनाहरु

त्यसपछि ब्रिटिशसाम्राज्य विस्तारको समयमा फेरि त्यहाँबाट स्पेन विस्थापित भयो। अर्कातिर आफ्नो भूगोलनजिकको टापु भएर पनि अरू शक्ति राष्ट्रबीच कब्जाको होडबाजी चलिरहेका अर्जेन्टिनाले पनि आँखा लगायो। अर्जेन्टिनाले सन् १९८२ अप्रिल २ मा आफ्ना सैनिक पठायो । त्यो टापु कब्जा गर्न सफल भयो।

फकल्यान्डमा दुई पटकसम्म हारेपछि ब्रिटेन क्रुद्ध भयो। फकल्यान्डतर्फ ब्रिटिशसहित ६ सय जना गोर्खा सैनिक पठाइयो। ब्रिटिस सरकारले युद्धअगाडि नै अर्जेन्टिनी सैनिकहरूको मनोबल गिराउन प्रोपोगान्डा रच्यो।

त्यसाे त धेरै अर्जेन्टिनीहरु नेपाललाई चिन्दैनन्। नेपाल र गोर्खा सैनिकबारे जाने बुझेकाहरूले नेपाल र गोर्खा सैनिकहरूको बहादुरीको प्रशंसा गर्ने गरेका छन्। गत वर्ष निधन भएका प्रख्यात अर्जेन्टिनी फुटबलर डियगो म्याराडोनाले नेपाल र गोर्खा सैनिकको समेत चर्चा गरेका थिए।

उसले बीबीसी रेडियोमार्फत गोर्खा सैनिकहरू एकदमै हिंस्रक हुन्छन्, मृत्युसँग डराउँदैनन् भन्ने समाचार प्रसारण गरायो। त्यति मात्र होइन ‘गोर्खा सैनिकहरू दुष्मनहरूलाई मार्छन् लास पनि खान्छन्’ भन्नेसम्मका अफवाह फैल्याइयो। ब्रिटिशको त्यही अफवाहपूर्ण समाचार सामाग्री पनि युद्धका लागि ठुलो बम साबित भयो। अर्जेन्टिनी सैनिकको मनोबल गिर्‍यो।

फकल्यान्डमा गोर्खाली सैनिकहरूले बहादुरीपूर्वक युद्ध लडे। दुई महिनासम्म चलेको युद्धमा अर्जेन्टिनी सैनिक हारे। जहाँ गोरखा सैनिककै कारण १४ जुन १९८२ मा अर्जेन्टिनाले ब्रिटिससँग आत्मसमर्पण गर्न बाध्य भयो। त्यसबेलाको युद्धमा त्यहाँ ६४९ जना अर्जेन्टिनी सैनिक र नागरिक पनि मारिए। १९८२ को उक्त युद्धयता ४० वर्षदेखि फकल्यान्डको टापुमा ब्रिटिशको कब्जामा छ। अहिले पनि ब्रिटिस र अर्जेन्टिनी नागरिकहरू एक अर्कालाई मन पराउँदैनन्।

फकल्यान्डको युद्धमा सेनाहरु

ब्रिटिस र अर्जेन्टिनाबीचको लडाइँमा गोर्खा सैनिकहरू प्रयोग भएका मात्र थिए। यसैले अर्जेन्टिनीहरुले नेपालीहरूलाई घृणा गर्छन् भनेर भ्रम छर्न मात्र अहिले अनेक किस्सा चलाइएको जानकारहरू बताउँछन्। सामाजिक सञ्जालमा देखाइएको जस्तो अर्जेन्टिनाले नेपाली झन्डा जलाएको कुरा अफवाह मात्रै रहेको पुष्टि समेत भएको छ।

त्यसाे त धेरै अर्जेन्टिनीहरु नेपाललाई चिन्दैनन्। नेपाल र गोर्खा सैनिकबारे जाने बुझेकाहरूले नेपाल र गोर्खा सैनिकहरूको बहादुरीको प्रशंसा गर्ने गरेका छन्। गत वर्ष निधन भएका प्रख्यात अर्जेन्टिनी फुटबलर डियगो म्याराडोनाले नेपाल र गोर्खा सैनिकको समेत चर्चा गरेका थिए। यसबाट पनि थाहा हुन्छ अर्जेन्टिनीहरू नेपालीलाई घृणा होइन सम्मान गर्छन् भन्ने कुरा।

के अर्जेन्टिनाले नेपालीलाई भिसा दिँदैन ?

‘अर्जेन्टिनाले नेपालीलाई भिसा दिँदैन’ भन्ने भ्रम रहेपनि सजिलै भिसा पाइरहेको देखिन्छन्। नेपालबाटै भिसाका लागि अनलाइन निवेदन दिन सकिन्छ। तर पासपोर्टमा छाप हान्न दिल्लीस्थित दूतावास पुग्नुपर्छ।

किनकि उसको नेपालमा दूतावास छैन। तीन वर्षअघि २०१९ मा मात्रै तत्कालीन परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली अर्जेन्टिना गएका थिए। त्यहाँका राष्ट्रपतिको निम्तोमै उनी अर्जेन्टिना पुगेका थिए। त्यसअघि पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्टले अर्जेन्टिनी राष्ट्रपति कार्लोस सउल मेनेमको शपथ समारोहमा सन् १९८९ मा अर्जेन्टिना भ्रमण गरेका थिए। धेरै नेपालीहरू रोजगारीको लागि अर्जेन्टिनामा छन्। यदि भिसा नदिने भए कसरी त्यहाँ पुगे ?

अर्जेन्टिना र नेपालबीच औपचारिक दौत्य सम्बन्ध स्थापित भएको ६० वर्ष बितिसकेको छ । सन् १९६२ जनवरी १ मा तत्कालीन राजा महेन्द्र शाहका पालामा दौत्य सम्बन्ध स्थापित भएको हो। तर यी दुई देशको राजदूतावास एक अर्काको देशमा छैन।

‘अर्जेन्टिनाले नेपालीलाई भिसा दिँदैन’ भन्ने भ्रम रहेपनि सजिलै भिसा पाइरहेको देखिन्छन्। नेपालबाटै भिसाका लागि अनलाइन निवेदन दिन सकिन्छ। तर पासपोर्टमा छाप हान्न दिल्लीस्थित दूतावास पुग्नुपर्छ।

अर्जेन्टिनाले भारतको नयाँदिल्लीस्थित दूतावासबाट नेपाललाई पनि हेर्ने गरेको छ। नेपालले ब्राजिलस्थित दूतावासबाट अर्जेन्टिनालाई हेर्ने गरेको छ। अर्जेन्टिनाको दूतावास दक्षिण एसियाका धेरै देशमा छैन। दक्षिण एसियाका भारत र पाकिस्तानमा मात्रै दूतावास छ। अर्जेन्टिनाबाट घुम्न नेपालमा वार्षिक तीन हजारभन्दा बढी पर्यटक पनि आउने गरेका छन्।

नेपालले अर्जेन्टिनाबाट पनि सामान आयात गर्छ। तरकारी, मेसिन, पत्थर, सूर्यमुखी तेललगायत चिजहरू त्यहाँबाट नेपाल ल्याइन्छ। त्यस्तै नेपालले वनस्पतिजन्य पदार्थ, जुटका झोला, जुटका बोरा, वाद्यवादनका सामान आदि अर्जेन्टिना पठाउँदै आएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved