विश्वकप फुटबल

साउदी अरेवियासँग अर्जेन्टिना स्तब्ध

सुरुवातमा अग्रता लिए पनि अर्जेन्टिनाले त्यसलाई बचाउन सकेन ।  

नेपालभ्युज

साउदी अरेवियासँग अर्जेन्टिना स्तब्ध

काठमाडौं। विश्वकप फूटबलको उपाधि दाबेदार मानिएको अर्जेन्टिना आफ्नो पहिलो खेलमै पराजित भएको छ ।

कतारमा अर्जेन्टिना एसियाली राष्ट्र साउदी अरेवियासँग २–१ गोल अन्तरले स्तब्ध भएको हो । सुरुवातमा अग्रता लिए पनि अर्जेन्टिनाले त्यसलाई बचाउन सकेन ।

दोस्रो हाफमा साउदीले उत्कृष्ट खेल देखायो । पहिलो हाफमा अर्जेन्टिनाका लागि लियोनल मेसीले १० औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेर अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

तर ४८औं मिनेटमा सालेह अल सेरीले गोल गर्दै खेल बराबरीमा पुर्‍याए । ५३औं मिनेटमा सालेमले गोल गर्दै साउदी टिममा खुसियाली ल्याएका थिए ।

पहिलो खेलमै हार व्यहोरेपछि अर्जेन्टिना दबाबमा आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved