मकवानपुरमा ढिलो गरी मतगणना सुरु

मकवानपुरमा ढिलो गरी मतगणना सुरु

हेटौंडा। मकवानपुरमा मतगणना सुरु भएको छ । आइतबार भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना ढिलो गरी सुरु भएको हो ।

मतगणनाबारे निर्णय लिन सोमबार बिहान बसेको सर्वदलीय–सर्वपक्षीय बैठकले बिहान ११ बजेबाट मत गन्न थाल्ने निर्णय गरे पनि झन्डै डेढ घण्टा ढिलो गरी मतगणना सुरु भएको हो ।

मतगणना हेटौंडा–२ स्थित सिद्धार्थ माविको मतदान केन्द्रमा सुरु भएको हो । कुल मतदाता संख्या ३ लाख ७३३ रहेको मकवानपुरमा कूल १ लाख ७८ हजार २८२ अर्थात ५९.३ प्रतिशत मात्रै मत खसेको थियो ।

जिल्लाको ३६४ वटै मतदान केन्द्रमा गरी ९२ हजार ८७७ जना पुरुष, ८५ हजार ४०० जना महिला र अन्य ५ जनाले मात्रै मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ ।

तीमध्ये हाल बागमती गाउँपालिका-४ झुरझुरेको मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिए । मकवानपुरमा प्रतिनिधिसभाको दुई र प्रदेशसभाको ४ निर्वाचन क्षेत्र रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved