बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले चैत ८ मा विश्वासको मत लिने

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले चैत ८ मा विश्वासको मत लिने

हेटौंडा। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत ८ गते विश्वासको मत लिने भएका छन् ।

पुस २५ गते बागमती प्रदेशको चौथो मुख्यमन्त्रीमा नियुक्त भएका जम्मकट्टेलले पुस २६ गते प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए । त्यस्तै, माघ ३ गते प्रदेशसभा बैठकबाट ११० मध्ये १०५ जना सांसदको समर्थन पाएका उनलाई
६ दलका सांसदले विश्वासको मत दिएका थिए ।

नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी समेतको समर्थनमा सरकार गठन भएकोमा सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीले फागुन १३ मा सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

नेपालको संविधानको धारा १८८ को उपधारा (२) तथा बागमती प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम बागमती प्रदेश सभामा चैत्र ८ गते शालिकराम जम्कट्टेल विश्वासको मत लिने भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved