नामिबिया भ्रमणमा जाने नेपाली टोलीको घोषणा

नेपालभ्युज

नामिबिया भ्रमणमा जाने नेपाली टोलीको घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नामिबिया भ्रमणमा जाने नेपाली टोलीको घोषणा गरेको छ । आइतबार क्यानले रोहितकुमार पौडेलको कप्तानीमा नामिबिया भ्रमणमा जाने १४ सदसीय टोलीको घोषणा गरेको हो।

नामिबियामा आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टुको त्रिकोणात्मक सिरिज डिसेम्बर २ देखि ८ सम्म हुने तालिका रहेको छ । सिरिजमा नेपाल, स्कटल्याण्ड र नामिबियाबीच प्रतिस्पर्धा हुनेछ ।

२० खेलमा १७ अंक जोडेको नेपाल छैटौं स्थानमा रहेको छ । स्कटल्याण्डले भने २८ खेलबाट ४० अंक जोड्दै दोस्रो स्थानमा रहेको छ ।

२३ खेलबाट २८ अंक जोडेको नामिबिया भने चौथो स्थानमा रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved