स्थानीयको समस्या समाधानका लागि लड्नेछु : कुन्ती पोखरेल

नेपालभ्युज

स्थानीयको समस्या समाधानका लागि लड्नेछु : कुन्ती पोखरेल

काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाडौं क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार कुन्ती पोखरेलले आफ्नो क्षेत्रको सडक र खानेपानीको समस्या समाधान गर्न लागिपर्ने बताएकी छन्।

आइतबार काठमाडौं क्षेत्र नं. २ अन्तर्गत शंखरापुर नगरपालिकाको वडा नंं. ८ मा घरदैलोको क्रममा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले क्षेत्रको समस्या समाधानका लागि लागिपर्ने बताएकी हुन्।

उनले आफूले काठमाडौं क्षेत्र नं. २ को घरदैलोमा जाँदा सडक र खानेपानीको समस्या समाधानका लागि स्थानीयले अनुरोध गरेको भन्दै सो समस्या समाधानका लागि आफूले भूमिका खेल्ने बताइन्।

संघीय सरकारसँग प्रशस्त बजेट भएपनि काठमाडौँ क्षेत्र नं. २ मा काम गर्ने मान्छे नभएको उनकाे भनाइ छ।  स्थानीयको समस्या समाधानका लागि आफू निरन्तर लागिरहने उनले प्रतिबद्धता जनाइन्।

नेतृ पाेख्रेलले राप्रपालाई भोट हाल्नका लागि स्थानीय उत्साहित भएको प्रतिक्रिया पनि दिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved