बलात्कार कसुरमा १८ वर्ष कैद सजायको फैसला

जनकपुरधाम। सप्तरीमा बलात्कार कसुरमा एकजनालाई १८ वर्ष कैद सजायको फैसला गरिएको छ । १२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा सप्तरी जिल्ला अदालतले राजगढ गाउँपालिका–२ कमलपुरका २० वर्षीय जीवनकुमार यादव भनिने रामजिवन यादवलाई १८ वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठको इजलाशले ०७९ असोज २८ गते १८ वर्ष कैद सजाय, पीडितलाई ५० हजार रुपियाँ क्षतिपूर्ति भराउने र २ हजार २ सय रुपियाँ फौजदारी कसुर पीडित राहत कोषमा जम्मा गर्न फैसला गरेको हो।

बालिकालाई आरोपितले ०७७ वैशाख ३ गते बलात्कार गरेको भन्दै पीडितका दाजुले जिल्ला प्रहरी कार्यालयमा ०७७ वैशाख ४ गते उजुरी दिएका थिए।

जिल्ला प्रहरी कार्यालयले वैशाख ४ गते उजुरी दर्ता गरी सोही दिन पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण गराएको थियो ।

शौच गर्न राति घर बाहिर निस्किएका बेला यादवले जबर्जस्ती नियन्त्रणमा लिई नजिकैको पोखरीको डिलमा रहेको चौरमा लगी बलात्कार गरेको पीडितले बताइन् । मौखिक उजुरीका आधारमा प्रहरीले यादवलाई वैशाख ३ गते गिरफ्तार गरेको थियो ।

जिल्ला अदालतमा ०७७ वैशाख २४ गते अभियोजन पत्र दायर भएकोमा न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको आदेशमा आरोपित यादव वैशाख २९ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved