नेता निर्देश सिलवालले छाडे विवेकशील साझा पार्टी

नेपालभ्युज

नेता निर्देश सिलवालले छाडे विवेकशील साझा पार्टी

काठमाडौं। विवेकशील साझा पार्टीका नेता निर्देश सिलवालले पार्टी छाडेका छन् । उनले मंगलबार पार्टी अध्यक्ष समीक्षा बाँस्कोटा र संयोजक सञ्जीवबल्लभ भट्टराईलाई राजीनामा पत्र बुझाएर पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

उनले तत्काल कुनै दलमा आबद्ध नहुने समेत बताउँदै भनेका छन् । ‘म दलगत आबद्धताबाट मुक्त हुन खोजेको हो, अन्य दलमा प्रवेश गर्न खोजेको होइन’, सिलवालले राजीनामा पत्रमा उल्लेख गरेका छन्, ‘विवेकशील साझा छोडेको हो तर वैकल्पिक राजनीतिको मैदान छोडेको होइन ।’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved