रचनाको स्वरमा डी पी दाहाल परिश्रमीको “मेरो माया लाग्छ कि लाग्दैन” (भिडिओ)

आधुनिक गीतहरूको लहरमा थपिएको यस नयाँ गीतभित्र “मेरो माया लाग्छ कि लाग्दैन‘” भन्दै एउटी युवतीले आफूले मन पराएको केटालाई सोधिरहेकी छिन्। बाँकी अरू त भिडियो हेरेपछि थप प्रस्ट हुन्छ नै।

नेपालभ्युज

रचनाको स्वरमा डी पी दाहाल परिश्रमीको “मेरो माया लाग्छ कि लाग्दैन” (भिडिओ)

काठमाडौं। डिलाईटेड नेपाल युट्युब च्यानलमार्फत नयाँ गीत “मेरो माया लाग्छ कि लाग्दैन” को म्युजिक भिडियो बजारमा आएको छ।
आधुनिक गीतहरूको लहरमा थपिएको यस नयाँ गीतभित्र “मेरो माया लाग्छ कि लाग्दैन‘” भन्दै एउटी युवतीले आफूले मन पराएको केटालाई सोधिरहेकी छिन्। बाँकी अरू त भिडियो हेरेपछि थप प्रस्ट हुन्छ नै।

गीतमा गीतकार डी पी दाहाल परिश्रमीको रचना, मनोहर सुनामको सङ्गीत र रचना रिमालको स्वर रहेको छ। गीत प्रस्तुतिकर्ता रिता सिम्खडा दाहाल रहेका छन्

भिडिओमा कमल सिंह र पुजन घिमिरेको अतुलनिय अभिनय रहेको छ। यस गीतलाई साउन्ड डिजाइन स्टुडियोमा रेकर्ड गरिएको हो।
“मेरो माया लाग्छ कि लाग्दैन” म्युजिक भिडियोलाई डिलाईटेड म्युजिक ईष्डष्ट्रीज प्रा.लि.ले उत्पादन तथा वितरण गरेको यो गीत अत्यन्तै सुन्नलायक मीठो सृजना बनेको छ।

गुरुआमा फिल्मस् प्रा.लि.को उत्पादन सहयोग रहेको यस गीतको भिडियो निर्देशन भने स्मृति तिमिल्सीना गूरुआमाले गरेको छ।

त्यस्तै, भिडिओ सम्पादन प्रकाश धमला, छायाङ्कन सुरेश श्रेष्ठ, एरेञ्ज मनोहर सुनाम, रेकर्डिष्ट एवम् मिक्सिङ भोला पौडेलको रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved