नवौँका लागि सुदूरपश्चिम प्रदेश खेलकुद छनोट : बैतडी भलिबलको सेमिफाइनलमा

नेपालभ्युज

नवौँका लागि सुदूरपश्चिम प्रदेश खेलकुद छनोट : बैतडी भलिबलको सेमिफाइनलमा

काठमाडौं। नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिताको महिला भलिबलमा बैतडी सेमिफाइनलमा प्रवेश गरेको छ । महेन्द्रनगरस्थित कभर्डहलमा भएको खेलमा बैतडीले डडेल्धुरा र अछाम दुवैलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

फाइनल खेल सोमबार हुने बैतडी जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारीले जानकारी दिए । तेक्वान्दोमा पनि बैतडीका सुनील विष्ट सेमिफाइनल पुगेका छन् । यसैगरी, पुरुष फुटबलको पहिलो खेलमा बैतडीले बझाङलाई २–० गोलअन्तरले हराउँदै विजयी सुरुआत गरेको छ । पुरुष र महिला ब्याडमिन्टनमा भने बैतडी पराजित भएको छ ।

कबड्डीको पहिलो खेलमा बैतडी दार्चुलासँग पराजित भएको छ । प्रदेशस्तरीय छनोट प्रतियोगिताका लागि बैतडीबाट १३ खेलका एक सय ५६ खेलाडी सहभागी छन् । कैलाली र कञ्चनपुरमा जारी प्रदेशस्तरीय छनोट प्रतियोगिता असोज ७ गतेसम्म सञ्चालन हुनेछ । नवौँ राष्ट्रिय खेलकुद असोज अन्तिम सातादेखि गण्डकी प्रदेशमा हुँदैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved