कालीकोट कांग्रेसले गर्‍यो ५० जना उम्मेदवारको सिफारिस

कालीकोट कांग्रेसले गर्‍यो ५० जना उम्मेदवारको सिफारिस

सुर्खेत । कालीकोटमा नेपाली कांग्रेसले ५० जनाको नाममा उम्मेदवारी सिफारिस गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि नेपाली कांग्रेस कालिकोटले ५० जना उम्मेदवारको नाम सिफारिस गरेको हो ।

एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको कालीकोटमा प्रतिनिधि सभातर्फ ४ जनाले दाबी गरेका छन् भने समानुपातिकतर्फ ७ जनाले दाबी गरेका छन् । यस्तै प्रदेश सभा (क) मा प्रत्यक्षतर्फ ४ जनाले दाबी गरेका छन् भने समानुपातिकतर्फ १५ जनाले उम्मेदवारमा आकांक्षा देखाएका छन् । प्रदेश सभा (ख) मा प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ १२ जनाको उम्मेदवारी सिफारिस गरेको छ ।

प्रतिनिधिसभाका लागि भूपेन्द्रजंग शाही, मीनबहादुर बोगटी र अशोकनाथ योगीले उम्मेदवारीमा दाबी गरेका छन् । प्रतिनिधि सभा समानुपातिकतर्फ हिक्मतबहादुर विष्ट, मोतीराज बम, अशोकनाथ योगी, सुशिला गिरी, दमनराज बम, सुमित्राकुमारी बम र जग्ग कामी उम्मेदवारीमा दाबी गरेका छन् । प्रदेशसभा (क) प्रत्यक्षतर्फमा टेकराज शाही, मनराज शाही, खड्गजंग शाही र सुरज शाहीले उम्मेदवारी दाबी गर्नु भएको छ । प्रदेशसभा (क) समानुपातिकतर्फ अम्मबहादुर शाही, नन्दबहादुर शाही, नवराज शाही, किशोर शाही, प्रेमबहादुर शाही, विष्णुबहादुर शाही, पदमबहादुर शाही, हर्षबहादुर शाही, मनराज शाही, पूर्णबहादुर सिंह, प्रेमप्रसाद जैसी, यशोदा शाही, छायाँ सुनार, भगवती देवकोटा र संगीता विकले उम्मेदवारी दाबी गरेका छन् ।

प्रदेशसभा (ख) प्रत्यक्षतर्फ कालीबहादुर सहकारी, दमनबहादुर शाही, धु्रवविक्रम शाही, नारायणप्रसाद भट्टराई, मानबहादुर रोकाया, मुक्तिप्रसाद न्यौपाने, मोतीराज बम, हर्षबहादुर बम र हिक्मतबहादुर विष्टले उम्मेदवारीमा दाबी गरेका छन् ।

प्रदेश सभा (ख) समानुपातिकतर्फ अशोकनाथ योगी, कालीबहादुर विष्ट, कृष्णाकुमारी शाही, जगदीश बम, दानबहादुर बम, प्रेम दमाई, भावनाकुमारी शाही, मनबहादुर नेपाली, सुशिला बम, पार्वतीदेवी शाही, कालीबहादुर सहकारी र मुक्तिप्रसाद न्यौपानेले उम्मेदवारीमा दाबी गरेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved