‘जिग्री’ केपी ओलीसँग र ‘सीते बा’ ईश्वर पोखरेलसँग चुनावमा भिड्ने, ‘पाँडे’ के गर्लान् ?

‘जिग्री ब्रो’ नामले परिचित कलाकार कुमार कट्टेल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग र अर्का कलाकार ‘सीते बा’ अर्थात् मधुसूधन पाठक ईश्वर पोखरेलसँग चुनावमा भिड्ने भएका हुन्। दुवैले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

नेपालभ्युज

‘जिग्री’ केपी ओलीसँग र ‘सीते बा’ ईश्वर पोखरेलसँग चुनावमा भिड्ने, ‘पाँडे’ के गर्लान् ?

काठमाडौं। चर्चित हास्य टेलिसिरियल ‘सक्कीगोनी’का दुई प्रमुख पात्र नेकपा एमालेका दुई शीर्ष नेतासँग चुनावी प्रतिस्पर्धामा उत्रने भएका छन्। निर्देशकसमेत रहेका ‘जिग्री ब्रो’ नामले परिचित कलाकार कुमार कट्टेल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग र अर्का कलाकार ‘सीते बा’ अर्थात् मधुसूदन पाठक ईश्वर पोखरेलसँग चुनावमा भिड्ने भएका हुन्।

कट्टेलले अध्यक्ष ओलीको झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । उनी पनि झापा–५ कै मतदाता हुन्। कट्टेलले उम्मेदवारी दिने तयारी गरेपछि अहिले सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । उनले चुनावी पोस्टरसहित प्रचारप्रसार नै सुरु गरिसकेका छन् ।

कट्टेलले उम्मेदवारी घोषणा गरेको भोलिपल्टै ‘सक्किगोनी’का अर्का कलाकार पाठकले पनि काठमाडौं-५ बाट चुनाव लड्ने घोषणा गरेका छन्। काठमाडौं-५ बाट यसअघि एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले जितेका थिए। त्यहाँबाट फेरि पनि पोखरेल लड्ने बताइएको छ । नेपाली कांग्रेसले भने डा प्रकाशशरण महतलाई नै दोहोर्‍याउने सम्भावना छ।

सुमन सायमी नेतृत्वको स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियानबाट ‘सीते बा’ ले काठमाडौ‌ ५ मा चुनाव लड्ने घोषणा गरेका हुन्। स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियानले बिहीबार ‘सीते बा’सहित ७ उम्मेदवार घोषणा गरेको छ।

यता ‘सक्किगोनी’का निर्देशक तथा प्रमुख पात्र पाँडे अर्थात् अर्जुन घिमिरेले भने चुनावका लागि खासै चासो देखाएका छैनन्। उनी नुवाकोट ओखरपौवाका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved