प्रदीप खड्का भन्छन्- वास्तविक जीवनमा छिट्टै विवाह हुन्छ

नेपालभ्युज

प्रदीप खड्का भन्छन्- वास्तविक जीवनमा छिट्टै विवाह हुन्छ

काठमाडौं । नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो भएको छ ।

बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको प्रिमियर शो सम्पन्न भएको हो । प्रिमियर हेर्न कलाकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।

प्रिमियर शोपछि रंगपत्रकारहरूसँग कुरा गर्दै अभिनेता आर्यन सिग्देलले दर्शकको प्रतिक्रियाको आफू भोको रहेको र सोहीअनुसार दर्शकहरूले राम्रो रहेको बताएकोमा खुशी लागेको बताए ।

उनले सिनेमा र सिनेमाको पात्र हेरिसकेपछि राम्रोसँग निभाएको अनुभव भएको बताए ।

पुजार सार्कीले उठाएको विषय आफ्नो लागि आफ्नो जीवन र सिनेमाको लागि इतिहास रहेको बताए ।

यस्तै, अभिनेता प्रदीप खड्काले चलचित्रमा डेटिङ रोमान्स कम भयो नि भन्ने प्रश्नमा अफ स्क्रिन बढी भएर अन स्क्रिन कम भएको हुनसक्ने भन्दै हाँसीमजाक गरे ।

बिहानै बिहानै सबैले धेरै माया गरेकाले खुशी लागेको उनले बताए ।

विवाहको सम्बन्धबारेको प्रश्नमा उनले वास्तविक जीवनमा अब छिट्टै विवाह गर्ने बताए ।

यस्तै, अभिनेत्री अञ्जना बराइलीले चलचित्र मन पराउनुले चलचित्रमा अभिनय गर्ने पात्रहरू सबैले न्याय दिन सकेको आफूले बुझेको बताइन् । र, अर्की अभिनेत्री परीक्षा लिम्बूले दर्शकहरूले राम्रो प्रतिक्रिया दिइरहेकाले खुशी लागेको बताइन् ।

बिहीवारबाट रिलिज भएको चलचित्र ‘पुजार सार्की’लाई दिनेश राउतले निर्देशन गरेका हुन् ।

चलचत्रिमा प्रदिप खड्का, पल शाह, आर्यन सिग्देल, अञ्जना बराइली, परीक्षा लिम्बू, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको अभिनय रहेको छ ।

चलचित्रलाई सुवास भुसालले निर्माण गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved