दयाहाङको ‘गाउँ आएको बाटो’ धेरै ‘शो’सहित दोस्रो सातामा,  एक साता पनि टिकेन ‘लण्डन टु पेरिस’

नेपालभ्युज

दयाहाङको ‘गाउँ आएको बाटो’ धेरै ‘शो’सहित दोस्रो सातामा,  एक साता पनि टिकेन ‘लण्डन टु पेरिस’

काठमाडौं । नवीन सुब्बाको निर्देशन रहेको फिल्म ‘गाउँ आएको बाटो’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ ।

आज शुक्रबारबाट नयाँ फिल्म ‘बाटो– रोड टु डेथ’ प्रदर्शनमा आएको भने धेरै हलहरूमा ‘गाउँ आएको बाटो’को दोस्रो सातामा निरन्तरता छ । तर, अघिल्लो साता सँगै प्रदर्शनमा आएको फिल्म ‘लण्डन टु पेरिस’ उत्रिएको छ ।

विश्वका थुप्रै प्रतिष्ठित फिल्म फेस्टिभलमा पुगेपछि घरेलु दर्शकमाझ आएको यो फिल्ममा दयाहाङ राई, पशुपति राई र प्रसन राई मुख्य भूमिकामा छन् ।

फिल्मले दर्शकबाट मिश्रित प्रतिक्रिया पाइरहेको छ । दोस्रो सातामा पनि मल्टिप्लेक्समा यो फिल्मको शोमा धेरै गिरावट आएको देखिँदैन ।

सम्बन्धित समाचार-

‘गाउँ आएको बाटो’को भव्य प्रिमियर, सकारात्मक प्रतिक्रिया

‘गाउँ आएको बाटो’को ‘राई माइला’ सार्वजनिक

नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’को ट्रेलर सार्वजनिक, बालकलाकार प्रसनको अभिनय अब्बल

‘टोरोन्टो’मा ‘गाउँ आएको बाटो’को वर्ल्ड प्रिमियर


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved