नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’को ट्रेलर सार्वजनिक, बालकलाकार प्रसनको अभिनय अब्बल

नेपालभ्युज

नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’को ट्रेलर सार्वजनिक, बालकलाकार प्रसनको अभिनय अब्बल

काठमाडौं । नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तु केही देखाएको छ ।

गाउँमा बाटो आउँछ । बाटो आएपछि मोटर आउँछ । भोजपुरको राई परिवारको खुसी त्यतिबेला संकटमा पर्छ, जतिबेला गाउँमा मोटरसँगै विभिन्न कुरा आउँछन् ।

लाहुरेले ल्याउने उपहार र त्यसले गरिब परिवारमा आउने उतारचढावको कथा ट्रेलरमा देखिन्छ । सडकसँगै आउने स्मार्टफोन, सनग्लास, टेलिभिजन, चाउचाउ, त्रिपाललगायतले मानवीय सम्बन्ध र सोचाइमा ल्याउने परिवर्तनको कथा यसमा छ ।

ट्रेलरमा दयाहाङ र छोराको भूमिकामा देखिएका प्रसनको अभिनय अब्बल महसुस हुन्छ । पशुपति राई दयाहाङकी पत्नीको रोलमा छिन् ।

यो फिल्मलाई आमोद राईले निर्माण गरेका हुन् । रामबाबु गुरुङको बाँसुरी फिल्म्स र निर्देशक सुब्बाको मेन्छायम पिक्चर्सको ब्यानरमा बनेको यो फिल्म जेठ २५ गते विश्वभर रिलिज तयारीमा छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved