काठमाडौँं। नवीन सुब्बा निर्देशित ’गाउँ आएको बाटो’ ४८ औँ ’टोरोन्टो इन्टरनेसनल फिल्म फेस्टिभल’ को ‘सेन्टर पिस’ सेक्सनमा छनोट भएको छ। सेप्टेम्बर ७ देखि १७ सम्म चल्ने फेस्टिभलमा यो फिल्मको वर्ल्ड प्रिमियर हुने भएको हो।
यसअघि दीपक रौनियारको ’सेतो सूर्य’ र लघु फिल्मतर्फ राजन कठेतको ’बियर ट्रिज इन्द दि मिस्ट’ले फेस्टिभलमा उपस्थिति जनाएको थियो।
गाउँमा बाटो आएपछि बाबु र छोराको सम्बन्धमा आउने उतारचढावमाथिको कथा हो, ’गाउँ आएको बाटो’।
२०\२२ वर्षअघि विदेश जाँदा विदेसिने नेपालीहरूको दृश्यले सुब्बालाई वैदेशिक रोजगारीमाथिको कथामा फिल्म गर्नुपर्छ भन्ने भएको थियो।
राई जातिको सामाजिक पृष्ठभूमिमा बनेको यो फिल्म सामुदायिक लगानीमा बनेको हो । फिल्ममा राई जातिको विश्वास पद्धतिअनुसारको दृश्यभाषा निर्माण गर्ने कोशिस गरिएको सुब्बा दाबी गर्छन् ।
Facebook Comment
Comment