‘गाउँ आएको बाटो’को भव्य प्रिमियर, सकारात्मक प्रतिक्रिया

‘गाउँ आएको बाटो’को भव्य प्रिमियर, सकारात्मक प्रतिक्रिया

काठमाडौं । प्रतिष्ठित अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा सहभागी भई वाहवाही कमाएको चलचित्र ‘गाउँ आएको बाटो’को प्रिमियर भएको छ । बुधबार कमलपोखरीस्थित बिग मुभिजमा विशेष समारोहबीच चलचित्रको प्रिमियर गरिएको हो।

प्रिमियरमा नेपाली कलाकारहरूदेखि पत्रकार, साहित्यकारलगायतका विशिष्ट व्यक्तिहरूको बाक्लो उपस्थिति थियो। एमालेका सांसद रघुजी पन्तले चलचित्रले विकाससँगै गाउँमा परेको प्रभाव र त्यहाँको संस्कृतिमाथि परेको असरलाई सुन्दर ढंगबाट देखाइएको बताए ।

यस्तै, पूर्व पर्यटन तथा संस्कृतिमन्त्री सुदन किराँतीले नेपालमा गाउँ आएको बाटो जस्ता चलचित्र बन्न जरुरी रहेको बताए। सहभागी सबैजसो कलाकारले प्रसंसा गरे ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved