मुम्बई । बलिउड अभिनेता सलमान खान खानलाई आरोपीबाट हिरासतमा मृत्यु भएका व्यक्तिको आरोपीको नामबाट हटाउन अदालतले आदेश दिएको छ ।
गत अप्रिलमा बान्द्रास्थित घर बाहिर बन्दुक फायरिङ भएको घटनाका संलग्न व्यक्तिको हिरासतमै मृत्यू भएपछि उनको नाम समेत विपक्षी बनाइएको थियो ।
गत अप्रिलमा सलमानको बान्द्रास्थित घर बाहिर बन्दुक फायरिङ समेत भएको थियो ।
घटनाका सम्बन्धमा क्राइम ब्रान्चले अनुज थापनसहित फायरिङमा संलग्न दुई आरोपी विक्की गुप्ता र सागर पाललाई गुजरातमा पक्राउ गरेको थियो ।
यद्यपि मे १ मा अनुजको प्रहरी हिरासतमै मृत्यु भएको थियो । उनको शव क्राइम ब्रान्चको शौचालयमा भेटिएको थियो । घटनापछि अनुजकी आमा रितादेवीले सलमानविरुद्ध उजुरी दर्ता गरेकी थिइन् । अहिले अदालतले सुनुवाइका क्रममा सलमानको नाम उजुरीबाट हटाउन आदेश दिएको छ ।
गत सोमबार न्यायाधीश रेवती ढेरे र श्याम चन्दको बेन्चले सलमानको नाम उजुरीबाट हटाउने फैसला गरेको छ । ‘उनको नाम उजुरीबाट हटाउनु । यो मामलामा सलमानविरुद्ध केही पनि छैन भने उनलाई प्रतिवादी बनाउनुको अर्थ के ?’ आदेशमा भनिएको छ ।
प्रहरीले अनुजले आत्महत्या गरेको भने पनि उनकी आमा रिताले भने छोराको आत्महत्या नभई हत्या भएको दाबी गर्दै आएकी छन् ।
उनले यो मामलामा सीबीआईबाट अनुसन्धान हुनुपर्ने माग गरेकी थिइन् । उजुरीमा अनुजमाथि प्रहरीले हिरासतमा धेरै कुटपिट गरेको र उसलाई यातना दिइएको उल्लेख थियो ।
Facebook Comment
Comment