सलमानको नयाँ फिल्म ‘सिकन्दर’को शुटिङ सुरु हुँदै

नेपालभ्युज

सलमानको नयाँ फिल्म ‘सिकन्दर’को शुटिङ सुरु हुँदै

एजेन्सी । सलमान खानको फिल्म ‘सिकन्दर’को शुटिंग १८ जुनदेखि सुरु हुँदैछ । फिल्मको पहिलो शुटिंग मुम्बईमा हुने बताइएको छ ।

फिल्मलाई साजिद नाडियाडवालाले निर्माण गरिरहेका छन् । एआर मुरुगडोसद्वारा निर्देशित ‘सिकन्दर’ एक्सनले भरपूर हुने बताइएको छ ।

‘सिकन्दर’ को घोषणा गरिसकेपछि सलमानका प्रसंशक उत्साहित छन् । सन् २०२५ मा रिलीज हुने यस फिल्मको प्रमुख अभिनेत्रीमा रश्मिका मन्दाना छन् ।

साजिद र सलमानका पछिल्ला फिल्मको ट्रयाक रेकर्ड राम्रो छ । यो जोडीले पहिलो २०० करोड कमाई गर्ने फिल्म ‘किक’ दिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved