जलवायु संकट र समाधानबारे मानवअधिकार चलचित्र केन्द्रको सचेतना

नेपालभ्युज

जलवायु संकट र समाधानबारे मानवअधिकार चलचित्र केन्द्रको सचेतना

काठमाडौं ।  मानवअधिकार चलचित्र केन्द्रले जलवायु संकट र समाधानबारे सचेतना फैलाउने उद्देश्यले विभिन्न शिक्षालयमा वृत्तचित्र प्रदर्शन गर्ने भएको छ । त्यसको सुरूवात अमृत साइन्स कलेजबाट गरेको केन्द्रले यसलाई निरन्तरता दिँदै जाने बताएको छ । अमृत साइन्स क्याम्पसमा २ सय विद्यार्थीका माझ वातावरण प्रदुषण न्युनीकरण र जलवायु संकट समाधानबारे अन्तरक्रिया आयोजना गरिएको थियो । कार्यक्रममा जलवायु संकट झल्काउनेका साथै संकट समाधानका लागि पहलबारेका तस्बिर समेत प्रदर्शन गरिएको थियो ।

मानविअधिकार चलचित्र केन्द्रले जलवायु संकट र समाधान लगायतका विषयमा गत डिसेम्बरमा चलचित्र महोत्सव समेत आयोजना गरेको थियो । महोत्सव सफल भएसँगै केन्द्रले सचेतना केन्द्रित भएर विभिन्न शिक्षालयमा वृत्तचित्र प्रदर्शन गरिरहेको हो । हामीले महोत्सवको सफल आयोजनापछि त्यहाँ देखाइएका वृत्तचित्र स्कुल—कलेजमा लैजाने भएका छौँ । ’ मानवअधिकार चलचित्र केन्द्रका महासचिव आभास रिजालले भने ।

कलाको माध्यमबाट युवाहरुलाई सामाजिक विषयवस्तुबारे धेरैभन्दा धेरै जानकारी दिने उद्देश्य केन्द्रको रहेको रिजालको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved