सोनाक्षी सिन्हाको बिहेबारे बुवा शत्रुघ्नको यस्तो प्रतिक्रिया

नेपालभ्युज

सोनाक्षी सिन्हाको बिहेबारे बुवा शत्रुघ्नको यस्तो प्रतिक्रिया

एजेन्सी । बलिउड अभिनेत्री सोनाक्षी सिन्हा प्रेमी जहीर इकबालसँगको विवाहलाई लिएर चर्चामा छन् ।

भारतीय संचारमाध्यमले सोनाक्षी र जहीरले २३ जुनमा विवाह गर्न लागेको दाबी गरिरहेका छन् । यो जोडी विगत एक वर्षदेखि सँगै बसिरहेको छ ।

अभिनेता तथा सोनाक्षीका पिता शत्रुघ्न सिन्हाले छोरीको विवाह बारे प्रतिक्रिया दिँदै आफूलाई यसबारेमा केही थाहा नभएको बताएका छन् ।

भाई लव सिन्हाले विवाहको बारेमा स्वयम् सोनाक्षीलाई नै सोध्न सुझाव दिएका छन् । लव सिन्हाले भने, “म यसबारेमा कुनै प्रतिक्रिया दिँन्न । राम्रो हुनेछ, तपाईं यसबारेमा सोनाक्षीसँग सोध्नुहोस् वा अरु कोही दोस्रो व्यक्तिसम्म पुग्नुहोस् । म यति मात्र भन्छु कि मसँग यसबारेमा भन्नका लागि केही पनि छैन ।”

यसअघि सोनाक्षीका पिताले यसबारेमा प्रतिक्रिया दिँदा आफू दिल्ली भएको र यसबारेमा मिडियामा सुनेकोबाहेक केही थाहा नभएको बताए । उनी आफ्नी छोरीको हरेक निर्णयमा विश्वास भएको तथा त्यस्तो केही भएमा आफू र आफ्नी श्रीमतीले उनीहरुलाई आर्शिवाद दिने बताए ।

उनले अगाडि भने, “मेरा नजिकका मानिसले मसँग सोधिरहेका छन् मलाई यसबारेमा किन जानकारी छैन, र मिडियालाई यसबारेमा जानकारी छ । यसमा म यति मात्र भन्न चाहन्छु कि आजकलका बच्चाहरु सहमति लिँदैनन् आमाबुवासँग, मात्र उनीहरुलाई जानकारी दिन्छन् । र हामी सूचना पाउन पर्खिरहेका छौं ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved