हत्या अभियोगमा कन्नड अभिनेता दर्शन र अभिनेत्री पवित्रा पक्राउ

नेपालभ्युज

हत्या अभियोगमा कन्नड अभिनेता दर्शन र अभिनेत्री पवित्रा पक्राउ

बैंगलुरु । भारतको कन्नड चलचित्र उद्योगका चर्चित अभिनेता दर्शन थोगुदीपलाई एक व्यक्तिको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

४७ वर्षीय दर्शनले पछिल्ला वर्षहरूमा बक्स अफिस हिट फिल्ममा मुख्य भूमिका निर्वाह गरेका छन् । दर्शनलाई सोमबार बिहान मैसूरस्थित उनको फार्म हाउसबाट बैंगलुरुको प्रहरी चौकीमा ल्याइएको थियो ।

हत्या भएका व्यक्तिले हत्याअघि अभिनेता दर्शनका एक अभिनेत्री साथीलाई अपमानजनक सन्देश पठाएको थिए । चित्रदुर्ग जिल्लाका ३३ वर्षीय रेणुका स्वामीको शव बैंगलुरुको नालीमा फेला परेको थियो ।

उनको जुन ८ मा हत्या भएको थियो । जुन ९ मा शव फेला परेको थियो । यस हत्याकाण्डमा दर्शन, उनकी अभिनेत्री साथी पवित्रा गौडासहित १० जनाको नाम छ ।

रेणुका स्वामीले अभिनेत्री पवित्रालाई अश्लील म्यासेज पठाएकी थिइन् । अभिनेत्री दर्शनको नजिकको साथी मानिन्छिन् । बैंगलुरुका प्रहरी आयुक्त बी दयानन्दले बीबीसी हिन्दीलाई भने, ‘पक्राउ परेकाहरूमा दर्शन र पवित्रा गौडा पनि छन्।’

दर्शनका हिट फिल्ममा अनाथरु, क्रान्तिवीर संगोली रायन्ना, कटेरा लगायत छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved