एजेन्सी । फिल्म चन्दु च्याम्पियनका लागि कार्तिक आर्यनले आफ्नो फिटनेसमा एकदमै धेरै काम गरेका छन् ।
यी अभिनेताले विगत डेढ वर्षमा रगतपसिना बगाएर यो शारीरिक परिवर्तन हासिल गरेका हुन् ।
फिल्म चन्दु च्याम्पियनका लागि कार्तिकले आफ्नो शरीरको बोसो ३९ प्रतिशतसम्म कम गरेका छन् । अभिनेताको लुक्स देखेर प्रशंसक पनि दंग परेका छन् ।
कार्तिक आर्यनले शरीरलाई यस्तो रुपमा ल्याउन रोटी, चामल र गुलियो खाना पूर्ण रुपमा बन्द गरेका थिए । उनले डेढ वर्षसम्म जंक फूड हात समेत लगाएनन् ।
कार्तिक आर्यनले आफ्नो खानपानमा सुप, फल, सलाद, तोफू आदिको सेवन गर्दथे । यो समयमा कार्तिक आर्यन सधैँ आफ्नो भोक भन्दा कम नै खाना खान्थे । साथमा उनले ‘चिट डे’ पनि लिएनन् ।
कार्तिक आर्यनले केही समय पहिला एउटा भिडिओ शेयर गरेका थिए जसमा उनले ५० किलोको डम्बलले हाई इन्टेनसिटी वर्कआउट गरिरहेको देखिएको थियो । यो यात्राका क्रममा उनी एकदमै धेरै अनुशासित भए ।
कार्तिक आर्यनले आफ्नो शारीरिक साथै मानसिक स्वास्थ्यको पनि राम्रोसँग ध्यान दिएका छन् । उनले मेडिटेशन र अन्य योगासन पनि आफ्नो तालिकामा समावेश गरे ।
कार्तिकले एक अन्तरवार्तामा बताएका छन् कि उनको खानापछि गुलियो नभइ नहुने बानी थियो । यस्तोमा चिनी छोड्नु उनका लागि एकदमै गाह्रो स्थिति थियो, तर कार्तिकले हार मानेनन् । उनले आफ्नो स्वास्थ्यलाई ध्यान दिँदै गुलियो खान पूर्ण रुपमा बन्द गरिदिए ।
Facebook Comment
Comment