बलिउडका यी कलाकारले अभिनयमा आउनु अघि बदलेका थिए नाम

नेपालभ्युज

बलिउडका यी कलाकारले अभिनयमा आउनु अघि बदलेका थिए नाम

एजेन्सी । फिल्ममा कैयौं त्यस्ता अभिनेता छन् जो चर्चामा आउनका लागि आफ्नो नाम समेत परिवर्तन गरे ।

बलिउडमा त्यस्ता धेरै कलाकार छन् जसले आफू अभिनयमा आउनु अघि विभिन्न कारणले आफ्नो नाम परिवर्तन गरेका छन् । ती मध्ये धेरै अहिले सुपरस्टार समेत छन् ।

यसमा पहिलो नम्बरमै पर्छन् अक्षय कुमार । उनको नाम पहिलो राजीव भाटिया थियो । जब उनले बलिउडमा कदम राखे त्यतिबेलै उनले आफ्नो नाम पनि परिवर्तन गरेर अक्षय कुमार बनाए ।

बलिउडका बीगबी अमिताभ बच्चनको पनि नाम अर्कै थियो । उनका पिता हरिवंश राय बच्चनले उनको नाम इंकलाब श्रीवास्तव राखेका थिए । खबरअनुसार एक चर्चित कविले उनलाई छोराको नाम परिवर्तन गर्न सुझाव दिए त्यसपछि उनको नाम अमिताभ भएको थियो ।

त्यस्तै सलमान खानको पनि नामको अगाडि बुवा तथा बाजेको नाम जोडिएको थियो । जसले गर्दा उनको नाम अब्दुल रशीद सलीम सलमान खान थियो । तर उनले फिल्म लगायत सबै क्षेत्रमा सलमान खान मात्र नाम लेख्दै आए ।

त्यस्तै बलिउडका पुराना कलाकार दिलीप कुमार, राज कपूर र शम्मी कपूरले पनि आफ्नो परिवर्तन गरेका थिए ।

दिलीप कुमारको नाम यूसुफ खान, राज कपूरको नाम रणवीर राज कपूर र शम्मी कपूरको नाम शमशेर राजकपूर थियो । जसलाई बलिउडमा प्रवेश गर्ने क्रममा उनीहरुले परिवर्तन गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved