अस्पतालमा उपचाररत शाहरूख खान, भएको के हो ?

नेपालभ्युज

अस्पतालमा उपचाररत शाहरूख खान, भएको के हो ?

काठमाडौं । बलिउड अभिनेता शाहरूख खान अहिले अस्पतालमा उपचाररत छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार गर्मीका कारण स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई बुधबार बेलुका केडी अस्पताल भर्ना गरिएको थियो ।

अहिले उनको उपचार भइरहेको छ । केडी अस्पतालका चिकित्सकका अनुसार शाहरूखमा डिहाइड्रेसन समस्या देखिएको छ ।

शाहरूखको स्वास्थ्य र डिस्चार्जको बारेमा केडी अस्पतालले कुनै आधिकारिक घोषणा वा मेडिकल बुलेटिन जारी गरेको छैन ।

यसैबीच एयरपोर्ट स्रोतका अनुसार अस्पतालबाट डिस्चार्ज भएपछि शाहरूख दिउँसो ३ बजे अहमदाबादबाट मुम्बई जान सक्नेछन् ।

शाहरूखलाई अस्पतालको प्रेसिडेन्सियल सुइटमा राखिएको छ । प्रेसिडेन्सियल सुइट जहाँ उनको उपचार भइरहेको छ । यहाँ बिरामीको परिवारलाई आराम गर्ने सुविधा पनि छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved