धेरै पढेलेखेका छन् यी दक्षिण भारतीय अभिनेत्री

नेपालभ्युज

धेरै पढेलेखेका छन् यी दक्षिण भारतीय अभिनेत्री

एजेन्सी । त्यसो त पढ्न लेख्न कमजोर भएका व्यक्ति नै अभिनय क्षेत्रमा प्रवेश गर्छन् भन्ने पुरानो मान्यता छ । तर, दक्षिण भारतका केही अभिनेत्री छन् जो उच्च शिक्षा हासिल गरेर फिल्म क्षेत्रमा प्रवेश गरेका छन् ।

पहिलो नम्बरमा पर्छिन् अनुष्का शेट्टी । उनले कम्प्यूटर एप्लिकेशनमा स्नातक गरेकी छन् । त्यस्तै रश्मिका मन्दानाले पनि मनोविज्ञान, पत्रकारिता र अंग्रेजी विषयमा स्नातक गरेकी छन् ।

सादा चरित्रका लागि चिनिने साई पल्लवीले चिकित्सा क्षेत्रमा पढाई गरेकी छन् । सामन्था रुथ प्रभुले कमर्समा स्नातक गरेकी छन् । त्यस्तै अर्की अभिनेत्री काजल अग्रवालले आमसञ्चार विषयमा स्नातक गरेकी छन् ।

अभिनेत्री नयनताराले अंग्रेजी साहित्यमा स्नातक गरेकी छन् । श्रुति हसनले मनोविज्ञानमा स्नातक गरेकी छन् । त्यस्तै अभिनेत्री श्रीलीलाले अभिनयसँगै डाक्टरको पढाई पनि गरिरहेकी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved