कैटरीना कैफ गर्भवती भएकै हुन् ?

नेपालभ्युज

कैटरीना कैफ गर्भवती भएकै हुन् ?

एजेन्सी । बलिउडका चर्चित जोडी कैटरीना कैफ र विक्की कौशल चर्चामा आइरहन्छन् । हालै उनीहरु फेरि चर्चामा आएका छन् । अहिले कैटरीना कैफ गर्भवती भएको खबरले चर्चामा आएकी छन् ।

कैटरीना र विक्कीको एउटा भिडिओ भाइरल भइरहेको छ जसमा कैटरीनाले पेट लुकाएको जस्तो देखिन्छ ।

यो भिडिओ लण्डनको हो जहाँ कैटरीनाले लगाएको ठूलो साइजको ज्याकेट र हिँड्ने तरिका देखेर अधिकांशले गर्भवती भएको अड्कल गरिरहेका छन् ।

उनीहरु बच्चा जन्माउनकै लागि लण्डन पुगेको पनि कतिपयले अनुमान गरेका छन् । मिडियामा आउन नचाहेकाले उनीहरु लण्डन गएको पनि खबर छ ।

बलिउडमा अहिले दीपिका पादुकोणले पनि गर्भवती भएको बताइसकेकी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved