‘पूजार सार्की’ र ‘फर्की फर्की’ एकैसाथ प्रदर्शनमा, कसको बढी छ व्यापार ?

बिहीबारबाट देशभर फिल्म ‘पूजार सार्की’ र ‘फर्की फर्की’ रिलिज भएको छ । बुद्ध जयन्तीको अवसर पारेर यी दुई फिल्म बिहीबारबाटै प्रदर्शनमा आएका हुन् ।

नेपालभ्युज

‘पूजार सार्की’ र ‘फर्की फर्की’ एकैसाथ प्रदर्शनमा, कसको बढी छ व्यापार ?

काठमाडौं । बिहीबारबाट देशभर फिल्म ‘पूजार सार्की’ र ‘फर्की फर्की’ रिलिज भएको छ । बुद्ध जयन्तीको अवसर पारेर यी दुई फिल्म बिहीबारबाटै प्रदर्शनमा आएका हुन् ।

‘फर्की फर्की’ सुयोग गुरुङको निर्देशन रहेको फिल्म हो भने ‘पूजार सार्की’लाई दिनेश राउतले निर्देशन गरेका छन् ।

‘फर्की फर्की’मा अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङको मुख्य भूमिका रहेको फिल्म हो । निर्देशक गुरुङकै लेखन रहेको फिल्ममा रोहित अधिकारी र ओम प्रकाश अग्रवालको लगानी छ ।

अनमोल र जसिताको अलावा रवि काफ्ले, समृद्धि अर्याल, निर्मल शर्मा, कृष्ण मल्ल लगायतका कलाकारको अभिनय फिल्ममा छ ।

‘पुजार सार्की’मा प्रदीप खड्का, आर्यन सिग्देल, पल शाहको मुख्य भूमिका छ । मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराललगायतको समेत अभिनय देख्न सकिन्छ ।

‘स्टार’को अभिनय रहेको यी दुई फिल्मको एकसाथ रिलिजलाई प्रतिष्ठाको लडाइँको रूपमा पनि हेरिएको छ ।  यसकराण कतिपयले यसलाई स्टारडमको परीक्षा समेत भनेका छन् । दुवै फिल्मले अलिहेसम्म राम्रो व्यापार गरिरहेका छन् । प्रतिकृया पनि राम्रो आइरहेको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved