निखिलको नयाँ कन्सेप्ट, परिवारका सदस्यको मात्रै अभिनय रहने फिल्म बनाउँदै

नेपालभ्युज

निखिलको नयाँ कन्सेप्ट, परिवारका सदस्यको मात्रै अभिनय रहने फिल्म बनाउँदै

काठमाडौं। एक्सन स्टारको रूपमा परिचित अभिनेता निखिल उप्रेतीले डकुमेन्ट्री टाइपको नयाँ फिल्म बनाउँदै छन् । नयाँ धारणासहितको फिल्म निर्माणमा जुटेका उनले परिवारका सदस्यलाई समेटेर निर्माण गर्ने तयारीमा लागेका हुन् ।

सामाजिक पारिवारिक एक्सनका विषयमा फिल्म निर्माण गर्ने तयारी गरेको उनले बताए । उनले भने, ‘‘मेरो, सञ्चिता (पत्नी) र छोराछोरी सबैको अभिनय रहने पारिवारिक फिल्म बनाउँदै छु । अंग्रेजी, हिन्दी र नेपाली गरेर तीन भाषामा बन्ने छ ।’

एउटा गजबको कथा भेटेकोले पारिवारिक अभिनय रहने फिल्म बनाउन लागेको उनले सुनाए । जुन धेरैको जीवनसँग मेल खाने उनले सुनाए । फिल्मका लागि केही गीत समेत निखिलले रेकर्ड गरिसकेका छन् ।

निखिल पछिल्लो समय अभिनय भन्दा ‘आध्यात्मिक गुरु’ को रूपमा चर्चामा छन् । ‘समबोधी अभियान’ सँग जोडिएका उनले पछिल्लो समय फिल्म ‘भैरव’ बनाएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved