काठमाडौं। कलासी प्रोडक्सनले कर्मन कलासँगको सहकार्यमा तयार पारेको नाटक ुम्यारिज प्रपोजलु को जेठ १० गतेदेखि थापागाउँमा रहेको कुञ्ज नाटकघरमा मञ्चन सुरु भएको छ।
रुसी कथाकार एन्टोन चेखभको नाटक ‘म्यारिज प्रपोजल’ लाई रंगकर्मी चे शंकरले नेपालीमा अनुवाद गरेका छन्। सन् १८९० को विषयवस्तुलाई नेपाली समाज सुहाउँने र अहिलेको परिस्थिति सापेक्ष रूपमा नाटक तयार पारिएको छ।
कमेडी जनरामा लेखिएको नाटकलाई सङ्गीत सापकोटा र आशीष घिमिरेले निर्देशन गरेका छन्। नाटकमा मुख्य ४ जना पात्रहरू रहेका छन्। जसमा विजया कार्की, डोरेस खतिवडा, चन्द्र नेपाली र सुन्दर धितालले अभिनय गरेका छन्। यस नाटकलाई सन् २०१८ मा मण्डला थिएटरमा मञ्चन गरिएको थियो।
भारतको अलाहवादमा भएको कुम्भ फेस्टिभलमा सन् २०१९ मा मञ्चन भएको यो नाटकलाई बङ्गलादेशको राजशाहिमा बोङबोन्धु थिएटर फेस्टिभलमा समेत मञ्चन गरिएको थियो। करिब १ घण्टा १० मिनेट अवधिको नाटकलाई सन् २०१८ मा कलाशी प्रोडक्सनले आफ्नो पहिलो प्रोजेक्टका रूपमा मञ्चन गरेको थियो।
कलाशी प्रोडक्सनले हालसम्म ‘२४ मा १२’, ‘अधेरी नगरी चौपट राजा’, ‘ज्ञानको चिहान’ र ‘समय पीडा’ नाटक मञ्चन गरिसकेको छ। नाटक जेठ २७ गतेसम्म सोमबार बाहेक हरेक दिन साँझ ५स्३० बजे मञ्चन हुनेछ। शनिबार भने दिउँसो १ बजे अतिरिक्त शो मञ्चन हुने प्रडक्सनले जनाएको छ।
Facebook Comment
Comment