आमिर खान अवार्ड समारोहमा किन जाँदैनन् ? इमरानले बताए कारण

नेपालभ्युज

आमिर खान अवार्ड समारोहमा किन जाँदैनन् ? इमरानले बताए कारण

काठमाडौं । बलिउड अभिनेता इमरान खानले आफ्ना काका आमिर खान अवार्ड समारोहमा नजाने कारण बताएका छन् ।

हालै एक अन्तर्वार्तामा यसबारे सोध्दा इमरानले भने, ‘म यस्तो परिवारमा हुर्केको हुँ, जहाँ मानिसहरूले सबै कला र शिल्पलाई समर्पण गरेका थिए र यस ठाउँको ग्ल्यामरबाट कोही पनि टाढा रहेनन् । मलाई मेरो कामलाई गम्भीरताका साथ लिन, यसमा सबै समर्पित गर्न र अरू कुनै कुराबाट प्रभावित नहुन पनि सिकाइएको छ ।’

आमिरले ९० को दशकदेखि अवार्ड समारोहमा जान छाडेका थिए । एक पुरानो अन्तर्वार्तामा यसको कारण दिँदै उनले आफूलाई यी कमर्सियल फिल्म अवार्डले कुनै अर्थ नरहेको बताएका थिए ।

हालै जब आमिर द ग्रेट इन्डियन कपिल शोमा पुगेका थिए, अर्चना पूरन सिंहले आमिरलाई अवार्ड लिन किन नजाने भनेर सोधिन् ।

यसको जवाफमा आमिरले भने, ‘किनकि समय निकै मूल्यवान छ । समयलाई सहि ठाउँमा सदुपयोग गर्नुपर्छ भन्ने मलाई लाग्छ ।

सन् २००८ मा रिलिज भएको इमरानको पहिलो फिल्म ‘जाने तू या जाने ना’लाई आमिरले निर्माण गरेका थिए । त्यसपछि दुवैले सन् २०११ मा रिलिज भएको ‘दिल्ली बेली’ मा पनि सँगै काम गरेका थिए । यी दुवै फिल्म बक्स अफिसमा हिट भएका थिए ।

बाल कलाकारका रूपमा इमरान आमिरका दुई फिल्म ‘कयामत से कयामत तक’ र ‘जो जीता वही सिकन्दर’ मा पनि देखिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved