रुँदै गरेको भिडिओको विषयमा एलिनाको प्रस्टीकरण: नाटक गरेर भिडिओ बनाएकी हुँ, सम्बन्ध ठिकठाक छ

नेपालभ्युज

रुँदै गरेको भिडिओको विषयमा एलिनाको प्रस्टीकरण: नाटक गरेर भिडिओ बनाएकी हुँ, सम्बन्ध ठिकठाक छ

काठमाडौं । विभिन्न कारणले बेलाबेलामा चर्चाको विषय बन्दै आएकी गायिका एलिना चौहान रुँदै भिडिओ बनाएपछि फेरि चर्चामा छाएकी छन् । मंगलबार इन्स्टाग्राममा अनुहारमा नीलडामसहितको भिडिओ राखेपछि धेरैले नाटक कि वास्तविक भन्दै जिज्ञासा राखिरहेका छन् ।

भिडिओ हिन्दी गीत ‘थारा पैसा, थारी दौलत, थारी गाडी, थारी नाम, थारा बंगला, थारा काम, तुम्ही रखो रे’मा बनाएकी थिइन् । भिडिओमा उनले क्याप्सनमा लेखेकी थिइन्,‘एक वास्तविक मानिसले पागल हुँदा पनि तपाईँलाई आदर गर्नेछ ।’

यो भिडिओलाई लिएर उनका फ्यानहरू आश्चर्यमा परेका छन् ।

गत वैशाखमा विवाह गरेकी एलिना श्रीमानसँगै अहिले अस्ट्रेलियामा छिन् । अहिले नै एलिनाको पति–पत्नीबिच झगडा परेको हो कि भनेर कतिपयले अनुमान समेत लगाएका थिए । तर, एलिनाले भने यो भिडिओ नाटक मात्र भएको प्रस्टीकरण दिएकी छिन् ।

अस्ट्रेलियामा रहेकी एलिनाले रुँदै बनाइन् भिडिओ, सत्य घटना कि भाइरल हुन रचिएको नाटक ?

भिडिओमा विभिन्न टिप्पणी हुन थालेपछि एलिनाले अर्को भिडियो पोस्ट गरी रोएको भिडिओ नाटक मात्र रहेको बताएकी छिन् । ‘‘मैले टिकटकमा एउटा गीत धेरै देखिरहेको थिए । त्यो गीत युट्युबमा गएर हेर्दा पनि राम्रो लाग्यो । त्यतिकै एउटा कन्सेप्ट सोचेर गीतमा भिडिओ बनाएर हालेको थिए । सबै जनाले मलाई पिटेछ । मारेछ भनेर सोच्नु भयो ।’

आफूले गीत चलेको छ, थाहा होला भनेर उक्त भिडिओ बनाएको बताएकी उनले त्यस्तो केही नसोचेको एलिनाले स्पष्ट परेकी छन् । उनले भनेकी छिन्, ‘‘मेरा फ्यानले के भएछ भनेर पिर पर्नु स्वभाविक हो’, उनले अगाडि भनेकी छन्, ‘त्यही क्लियर गर्न यो भिडियो बनाएको हो ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved