शिक्षकको कुटाइबाट ९ वर्षीया छात्रा घाइते

शिक्षकको कुटाइबाट ९ वर्षीया छात्रा  घाइते

जनकपुरधाम । महोत्तरीमा शिक्षकको कुटाइबाट एक ९ वर्षीया  छात्रा  घाइते भएकी छन् ।

औरही नगरपालिका–२ स्थित श्री प्रसाद सिंह माध्यमिक विद्यालयमा कक्षा ६ मा पढ्ने आरतीकुमारी महरालाई गृहकार्य नगरेको भन्दै शिक्षकले निर्ममतापूर्वक बाँसको लठ्ठीले हानेर घाइते बनाएको खुलेको छ। छात्राको अहिले अस्पतालमा उपचार भइरहेको छ ।

विहिवार विज्ञान विषयका शिक्षक सोनमा गाउपालिका वडा नं ८ सिंहासनी बस्ने दिपेश यादवले गृहकार्य नगरेको भन्दै औरही नगरपालिका–२ की ९ वर्षीया बालिका आरती कुमारी महरालाई निर्घात कुटेको परिवारको आरोप छ।

कुटपिटबाट बालिकाको जीउभरि निलडाम देखिएको छ । यसैको पीडाले ज्वरो आएको उपचारमा संग्लन स्वास्थ्यकर्मीले जानकारी दिए ।

पीडित बालिकाको आमा सुन्दर कला देवीको अनुसार छोरीले गृहकार्य नगरेको भन्दै शिक्षक यादवले बाँसको कर्ची (लट्ठी)ले निर्मता पुर्वक पिट्दा छोरी विरामी भएकी हुन् ।

जीउभरि निलडाम देखिएको विरामी बालिकाको उपचार स्थानीय औरही बजार स्थित राधाकृष्ण क्लिनिकमा भईरहेको छ। पीडित बालिकाको अभिभावकले आफ्नो छोरीलाई यसरी यातना दिने शिक्षक माथि कारबाहीको माग गरेका छन् ।

यता विद्यालयका प्रधानाध्यापक शिवशरण यादवले बालिकाको अभिभावक बुवा साजेंद्र महरा र आमा सुन्दर कला देवीलाई विद्यालयमा नै बोलाएर बालिकाको उपचारको लागि खर्च दिएर घटनालाई बाहिर नल्याउन भनि प्रलोभन दिन खोजेको बालिकाको अभिभावकले बताए ।

बालिकाकी आमा सुन्दरकलाले भनिन्, ‘हामीलाई पैसा हैन, शिक्षकमाथि कारबाही हुनुपर्छ, आज मेरो छोरीलाई यातना दिएको छ भोलि अरुलाई पनि यस्तो गर्न सक्छ ।’

पीडित बालिका आरती अहिले विद्यालय जान समेत तर्सिएकी छन् । उनले भनिन्, ‘अब त्यो स्कूलमा पढ्दीन फेरि पनि सरले कुट्नु हुन्छ ।’

‘शिक्षक यादवको यातना कै कारण बालिका त्रसित बनेकी छन् । अरु विद्यालयमा भए पढ्ने तर त्यो विद्यालयमा अब नजाने भनेर छोरी चिच्याउँछिन’ उनकी आमा सुन्दरकलाले भनिन् ।

यता प्रधानाध्यापक यादवले घटनामाथि छानबिन गरी कारवाही प्रक्रिया अगाडि बढाउने आश्वासन पीडित पक्षलाई दिएका छन् ।

अभिभावकले यसरी बच्चाबच्चीलाई निर्घात तरिकाले कुटपिट गर्ने शिक्षकलाई कारबाहीको लागि पहल गरिदिनलाई अधिकारकर्मी , संचारकर्मीहरुलाई आग्रह गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved