नेपालको अधिकांश इन्टरनेट सेवा ‘डाउन’, सेवाग्राही मर्कामा

वर्ल्डलिङ्क, भायानेटलगायतका प्रमुख इन्टरनेट सेवा प्रदायकको नेटवर्क सुस्त चल्ने भएको हो । यो समस्या अझै जारी छ । कतिपय क्षेत्रमा इन्टरनेट अझै राम्रोसँग चल्न सकेको छैन ।

नेपालभ्युज

नेपालको अधिकांश इन्टरनेट सेवा ‘डाउन’, सेवाग्राही मर्कामा

काठमाडौं । नेपालको अधिकांश इन्टरनेट सेवा ‘डाउन’ भएको छ । बिहीबार अपराह्न चार बजेपछि इन्टरनेट सेवा प्रदायकको नेटवर्क सुस्त चल्ने भएको हो ।

वर्ल्डलिङ्क, भायानेटलगायतका प्रमुख इन्टरनेट सेवा प्रदायकको नेटवर्क सुस्त चल्ने भएको हो । यो समस्या अझै जारी छ । कतिपय क्षेत्रमा इन्टरनेट अझै राम्रोसँग चल्न सकेको छैन ।

भारतीय अपस्ट्रिम सेवा प्रदायक कम्पनी एयरटेलले लिङ्क काटिदिएको हुन सक्ने इन्टरनेट सेवा प्रदायकका सञ्चालकहरूको आशङ्का छ । यद्यपी यो कुरा आधिकारिक पुष्टि हुन बाँकी छ ।

सरकारले विवादित बक्यौताको विषयलाई लिएर इन्टरनेट सेवा प्रदायकहरूको विदेशी मुद्रा सिफारिस रोकिदिएको छ । त्यसपछि इन्टरनेट सेवा प्रदायक कम्पनीले इन्टरनेट जतिबेला पनि काटिनसक्ने बताउँदै आएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved