सन्दीपको मुद्दामा सुनुवाइ जारी, दुवै पक्षको जवाफी बहसपछि फैसला आउने

नेपालभ्युज

सन्दीपको मुद्दामा सुनुवाइ जारी, दुवै पक्षको जवाफी बहसपछि फैसला आउने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा बुधबार पनि सुनुवाइ जारी छ ।

मंगलबार उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासमा परेको मुद्दाको सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।

बुधबार सोही इजलासमा सुनुवाइ भइरहेको छ । दुवै पक्षका वकिलहरूको बहस सकिएपछि दुवै पक्षबाट जवाफी बहससमेत हुनेछ । जवाफी बहसका लागि दुवै पक्षमा डेढ घण्टा समय दिइएको छ ।

सुनुवाइ सकिएपछि आजै फैसला गर्ने तयारी छ ।

फैसला सन्दीपको पक्षमा आए उनी तत्काल क्रिकेटमा फर्किन सक्नेछन र टी–२० विश्वकपमा सहभागी हुन सक्नेछन् । नेपाल क्रिकेट संघ (क्यान)ले पनि उनको फैसला पर्खेर बसेको छ ।

यदि उच्च अदालतले जिल्ला अदालतको फैसला कायम राखेको खण्डमा सन्दीपको निलम्बन जारी रहनेछ । उनी क्रिकेटमा फर्किन सक्ने छैनन् ।

यदि उच्चले जिल्लाकै फैसला सदर गरेमा सन्दीपसँग अन्तिम विकल्पका रुपमा सर्वोच्चमा पुनरावेदन गर्ने अवसर हुनेछ । पुनरावेदनको फैसला नआउञ्जेल उनी पक्राउ त पर्दैनन्, तर क्रिकेटमा फर्किने अवस्था हुने छैन ।

गत पुस २५ गते जिल्ला अदालत काठमाडौंबाट बलात्कार मुद्दामा दोषी ठहर भएका सन्दीपले फागुनमा उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved