पोखरा विमानस्थलमा आजदेखि नियमित उडान हुन थाल्यो

नेपालभ्युज

पोखरा विमानस्थलमा आजदेखि नियमित उडान हुन थाल्यो

काठमाडौं । ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि खुलेको छ ।

बाक्लो तुवालोका कारण विगत चार दिनदेखि रोकिएका उडान आज बिहानदेखि नियमित भएको हो ।

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले आज भिजिबिलिटी पुगेकाले उडान सुरु भएको बताए । चार दिनमा दुई दिन त कुनै पनि उडान भएनन् भने दुई दिन आंशिक मात्रै उडान भए”, सूचना अधिकारी कर्णले भने ।

मौसममा सुधार आएसँगै आज बिहानैदेखि उडान नियमित भएका हुन् । चार दिनसम्म उडान नहुँदा यात्रीले वैकल्पिक मार्ग प्रयोग गरेका थिए ।
रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved