देशभर चार सय ३६ स्थानमा डढेलो

नेपालभ्युज

देशभर चार सय ३६ स्थानमा डढेलो

काठमाडौं । देशभर वन डढेलोको अवस्था बिकराल बन्दै गइरहेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ५३ जिल्लाका चार सय ३६ स्थानमा वन डढेलो लागिरहेको छ ।

प्राधिकरणका डढेलोविद् सुन्दर शर्माले लामो समयसम्म पानी नपर्ने र हावा चलेका कारण डढेलो फैलिरहेको बताए ।

“आज पनि देशभर डढेलोको अवस्था बिराल बनेको छ । नेपालको भौगोलिक विकटताका कारण नियन्त्रणमा थप समस्या उत्पन्न भइरहेको छ,” उनले भने, “पानी परेको छैन । तर, हावा हुरीका कारण डढेलो फैलिरहेको छ ।”

उनका अनुसार कैलाली, डोटी, सल्यान, दैलेख, पाल्पालगायतका जिल्ला डढेलोका कारण बढी प्रभावित बनेका छन् ।

उनका अनुसार नेपालमा साधरणतया वर्षमा दुई हजार पाँच सयको हाराहारीमा डढेलाको घटनाहरू हुन्छन् ।

“८० प्रतिशत वन डढेलाको घटनाहरू फागुनको मध्यदेखि जेठको मध्यसम्म ४ महिनामा हुने गर्छन् । चैत र वैशाखमा मात्रै ६० प्रतिशत डढेलोको घटनाहरू हुने गर्छन् । यसकारण अहिले हामी उच्च जोखिममको समयमा छौँ”, शर्माले भने ।

मध्य फागुनदेखि जेठको मध्यसम्म डढेलाको घटनाहरू हुने भएकाले यो समयमा सतर्क भएर बस्नुपर्ने अवस्था भएको उनले जानकारी दिए ।

प्राधिकरणका अनुसार बुधबार ३९ जिल्लाका एक सय ६५ स्थानमा वन डढेलो लागेको थियो । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved