नवौँ राष्ट्रिय खेलकुद : झापामा खेलाडी छनोट सुरु

नवौँ राष्ट्रिय खेलकुद : झापामा खेलाडी छनोट सुरु

झापा ।  झापामा आजदेखि नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट सुरु भएको छ ।

झापा जिल्ला खेलकुद विकास समितिको आयोजनामा मेची रङ्गशालामा खेलाडी छनोट प्रतियोगिता छनोट सुरु भएको हो । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन यहाँबाट छनोट हुने खेलाडीले प्रदेशसस्तरीय खेलाडी छनोट भाग लिन पाउने छन् ।

कार्यक्रममा प्रदेश नं १ को खेलकुद विकास बोर्डका सदस्यसचिव हंशराज वाग्लेले खेलकुद क्षेत्रलाई कुनै पनि सरकारले प्रथमिकतामा नराखेको गुनासो गरे । ‘खेलकुदको माध्यमबाट अन्तर्राष्ट्रिय जगत्मा नेपालको नाम उच्च बनाउन सकिन्छ’, उनले भने, ‘तर नेपाली खेलकुद खेलाडी र खेलप्रेमीहरूको सहयोगले मात्र टिकेको छ ।’

त्यस्तै नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं १ का अध्यक्ष टीकाराज ढकालले खेलकुद क्षेत्रमा राज्यले निजी क्षेत्रलाई साथ लिएर अघि बढे खेलकुदको विकासमा फड्को मार्न सकिने औँल्याए ।

समितिका अध्यक्ष भण्डारीले दक्ष खेलाडी उत्पादन गर्न छनोट प्रक्रियालाई पनि प्रतियोगितात्मक बनाइएको बताए । उनले जिल्लाभरका नौ सय खेलाडी छनोट प्रतियोगितामा प्रतिस्पर्धा गर्ने जानकारी दिए ।

प्रतियोगिताअन्तर्गत कुस्ती, ब्याडमिन्टन, फुटबल, भलिबल, क्रिकेट, एथ्लेटिक्स, बक्सिङ, तेक्वान्दो, कराते, भारत्तोलन, टेबल–टेनिस, कबड्डी, उसु, जुडो, वास्केटबल, बुद्धिचाल, आइटीएफ तेक्वान्दो, सुटिङ, खो–खो, पौडी, शारीरिक सुगठन, सेपात्राका, जिम्नाष्टिक, हक्की, साइक्लिङ र आर्चरीका खले समावेश छ । आजदेखि महिला खो–खो र भलिबल खेलाडी छनोट भएको समितिका सदस्य एवं प्रवक्ता दुर्वासा कार्कीले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved