तापक्रम माइनस १३ मा झरेपछि भूकम्पपीडितको उद्दारमा कठिनाइ

उद्दारमा कुनै कसर बाँकी नराख्न राष्ट्रपति सी को निर्देशन

नेपालभ्युज

तापक्रम माइनस १३ मा झरेपछि भूकम्पपीडितको उद्दारमा कठिनाइ

काठमाडौं । एक सय भन्दा बढीको ज्यान जाने गरी चीनको उत्तरपश्चिमको गान्सु प्रान्तमा आएको भूकम्पपछिको उद्दारमा कठिनाई भएको छ ।

अत्याधिक चिसोका कारण उद्दार कार्यमा कठिनाई भएको सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

त्यहाँको तापक्रम माइनसबाट निकै तल झरेको छ । अहिले त्यहाँको तापक्रम माइनस १३ डिग्री सेल्सियस मापन गरिएको छ । चिसोका कारण उद्दारमा खटिएका हजारौं सुरक्षाकर्मीले सहजरुपमा काम गर्न नसकेको रोयटर्सले जनाएको छ ।

भग्नावशेषमा फसेकालाई चिसोबाट जोगाउन पनि समस्या भएको छ ।

चीनका अधिकांश उत्तरी क्षेत्रमा हिउँ जमेको छ । परकम्प जाने क्रम जारी रहेकाले मानिस थप त्रसित बनेका छन् । यसैबीच राष्ट्रपति सी चिन फिङले उद्दारमा कुनै कसर बाँकी नराखी अधिकतम प्रयास गर्न निर्देशन दिएका छन् ।

सोमबार ११ बजेर ५९ मिनेटमा ६ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका कारण अहिलेसम्म मृत्यु हुनेको संख्या १ सय ११ पुगेको छ भने २ सयभन्दा बढी घाइते भएका छन् । भूकम्प प्रभावित क्षेत्रमा विद्युत र खानेपानीको आपूर्ति अबरुद्ध भएको छ ।

चीनमा मध्यराति भूकम्प, कम्तिमा १ सय ११ को मृत्यु


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved