चीनमा मध्यराति भूकम्प, कम्तिमा १ सय ११ को मृत्यु

नेपालभ्युज

चीनमा मध्यराति भूकम्प, कम्तिमा १ सय ११ को मृत्यु

काठमाडौं । उत्तरपश्चिम चीनमा गएको भूकम्पका कारण कम्तिमा १ सय ११ जनाको मृत्यु भएको छ ।

उत्तर–पश्चिम चीनको गान्सु प्रान्तमा गएराति ११ बजेर ५९ मिनेटमा गएको ५ दशमलव ९ म्याग्निच्युडको भूमकम्पमा  १ सय ११ जनाको मृत्यु भएको हो ।

भूकम्पका कारण २ सय २० जना घाइते भएको समाचार संस्था सीएनएनले जनाएको छ । गान्सुसँगै छिमेकी प्रान्तमा पनि भूकम्पको प्रभाव परेको छ । गान्सुमा पनि धेरै घरहरु भत्किएका छन् ।

अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसले भूकम्प ५ दशमलव ९ म्याग्निच्युड १० किलोमिटर गहिराईमा गएको जनाएको छ । भूकम्पमा परेकाहरुको विहानैदेखि उद्दार थालिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved