प्रतिनिधिसभामा लज्जा : सांसद हाजिर गरेर हिँडेपछि कोरम नै पुगेन, बैठक मंगलबारसम्मका लागि स्थगित

भत्ताका लागि हाजिर गर्ने र टाप कस्ने सांसदको गैरजिम्मेवार प्रवृति रोकिएन

विधेयक पारित गर्न एक चौथाइ अर्थात कम्तिमा ६९ जना सांसद उपस्थित हुनुपर्ने प्रावधान छ । तर उक्त संख्यामा सांसद नभएपछि बैठक १५ मिनेट स्थगित गरि फेरि शुरु भएको थियो । पछि पनि कोरम नपुगेपछि बाँकी कार्यसूची हटाएर बैठक नै स्थगित गर्नुपरेको थियो । 

नेपालभ्युज

प्रतिनिधिसभामा लज्जा : सांसद हाजिर गरेर हिँडेपछि कोरम नै पुगेन, बैठक मंगलबारसम्मका लागि स्थगित

काठमाडौं । जनप्रतिनिधि कतिसम्म गैरजिम्मेवार बन्दै गएका छन् भन्ने आइतबार प्रतिनिधिसभाको बैठकले देखाएको छ । भत्ताका लागि हाजिर गरेर सांसदहरू हिँडेपछि बैठक नै स्थगित गर्नुपर्ने अवस्था आएको छ ।

सांसदको अभावमा कोरम नपुगेपछि महत्वपुर्ण विधेयक पारित गर्ने प्रक्रिया नै अवरुद्ध भएको छ । आइतबारको बैठक शुरु हुँदा १७९ सांसदले हाजिर गरेका थिए । तर विधेयक निर्णयार्थ प्रस्तुत गर्दा भने ६७ जना सांसद मात्रै बाँकी रहेपछि बैठक नै स्थगित गर्नुपरेको छ ।

विधेयक पारित गर्न एक चौथाइ अर्थात कम्तिमा ६९ जना सांसद उपस्थित हुनुपर्ने प्रावधान छ । त्यति पनि सांसद नभएपछि प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ । भत्ताका लागि हाजिर गर्न जाने र पछि टाप कस्ने सांसदको प्रवृति लामो समयदेखि चलिरहेको छ ।

विधेयक पारित गर्न सांसद नभएपछि बैठक १५ मिनेट स्थगित गरि फेरि शुरु भएको थियो । तर पछि पनि कोरम नपुगेपछि बाँकी कार्यसूची हटाएर बैठक नै स्थगित गर्नुपरेको थियो ।

बैठकमा काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक निर्णयार्थ प्रस्तुत भएको थियो ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved