बम विस्फोट गराउने मेसिनबाट चिप्लिएर एक सैनिकको मृत्यु

नेपालभ्युज

बम विस्फोट गराउने मेसिनबाट चिप्लिएर एक सैनिकको मृत्यु
सांकेतिक तस्वीर।

काठमाडौं। कर्णाली करिडोर निर्माणका क्रममा एकजना नेपाली सेनाको विकास कार्यदलमा कार्यरत एक सैनिकको मृत्यु भएको छ।

कर्णाली करिडोर निर्माणका लागि हुम्ला खार्पुनाथ गाउँपालिका–१ लालिबगरमा रहेको नेपाली सेनाको विकास कार्यदलमा कार्यरत एक सैनिकको मृत्यु भएको हो।

कर्णाली करिडोर निर्माणका क्रममा चट्टाने भीर छिचोल्नका लागि बम विस्फोट गराउने मेसिन जाँच गर्न जाँदा मेसिनबाट चिप्लिएर प्रा.अ.म. टिकाराम लामिछानेको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिइन्।

उनको बिहीबार बिहान ६ बजे मृत्यु भएको उनले बताइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved