आयोगमा दल दर्ता गर्दै एमालेले भन्यो, ‘कहीँकतै तालमेल भएपनि गठबन्धनमा चुनाव लड्दैनौँ’

दल दर्तापछि उपमहासचिव प्रदीप ज्ञवालीले एमालेले देशभर गठबन्धन बनाएर चुनावमा नजाने बताए। उनले भने, ‘‘कहीँकतै तालमेल हुनसक्छ। तर, देशव्यापी गठबन्धन बनाएर चुनाव लड्दैनौँ।’’

नेपालभ्युज

आयोगमा दल दर्ता गर्दै एमालेले भन्यो, ‘कहीँकतै तालमेल भएपनि गठबन्धनमा  चुनाव लड्दैनौँ’

काठमाडौं। प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन प्रयोजनका लागि नेकपा एमालेले निर्वाचन आयोगमा दल दर्ता गरेको छ। आयोगमा १० औँ नम्बरमा एमाले दल दर्ता भएको छ।

दर्ताको लागि एमाले महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल, राजन भट्टराईलगायतका नेताहरू आयोग कार्यालय पुगेका थिए।

आयोगले निर्वाचनमा भाग लिन राजनीतिक दललाई साउन २२ देखि ३१ गतेसम्म दर्ताका लागि निवेदन दिन आह्वान गरेपछि मंगलबार एमाले निर्वाचन आयोग पुगेको हो।

दल दर्तापछि उपमहासचिव प्रदीप ज्ञवालीले एमालेले देशभर गठबन्धन बनाएर चुनावमा नजाने बताए। उनले भने, ‘‘कहीँकतै तालमेल हुनसक्छ। तर, देशव्यापी गठबन्धन बनाएर चुनाव लड्दैनौँ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved