सुरेन्द्र पाण्डेको आरोप : देउवा र प्रचण्डको अपरिपक्वताले देश डुब्ने स्थितिमा पुग्यो

जनकपुरधाममा एमालेले आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पाण्डेले प्रधानमन्त्री देउवा पश्चिमपरस्त नीति अबलम्बन गरेर नेपालको विदेश नीतिलाई नै तहसनहस पारेको बताए।

सुरेन्द्र पाण्डेको आरोप : देउवा र प्रचण्डको अपरिपक्वताले देश डुब्ने स्थितिमा पुग्यो

जनकपुरधाम। नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले वर्तमान सरकारको अपरिपक्व सोचका कारण देश डुब्ने स्थितिमा पुगेको आरोप लगाएका छन्। उनले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अपरिपक्व सोचले देशलाई नै डुबाउन लागेको आरोप लगाए।

सोमबार जनकपुरधाममा एमालेले आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पाण्डेले प्रधानमन्त्री देउवा पश्चिमपरस्त नीति अबलम्बन गरेर नेपालको विदेश नीतिलाई नै तहसनहस पारेको बताए।

“अमेरिकाको छायामुनि बसेको छु, अब कसैको डर छैन भन्ने देउवाजीको सोच छ,” पाण्डेले भने, “यसरी देशको विदेश नीति तहसनहस पारियो भने देश नै डुब्ने स्थितिमा पुग्ने खतरा छ। अपरिपक्व सोचले नेपालको सार्वभौमसत्तामाथि असर मात्र पार्दैन देश सुदृढ बनाउन बल पुग्दैन र अन्ततः नेपाल ध्वस्त हुने तर्फ अग्रसर हुनेछ।”

उपाध्यक्ष पाण्डेले नेपाललाई कुनै राष्ट्रको विरुद्ध गोटीको रुपमा प्रयोग हुन नदिन र देउवा तथा प्रचण्डको अपरिपक्व सोचलाई सफल हुन नदिने जिम्मेवारी एमालेको काँधमा आएकोले देशमा जागरण अभियान चलाउनुका साथै संघर्ष गर्नुपर्नेमा जोड दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved