सुर्खेतमा सबैभन्दा बढी मुद्दा बलात्कारका, दोस्रोमा व्यक्ति हत्यासम्बन्धी

नेपालभ्युज

सुर्खेतमा सबैभन्दा बढी मुद्दा बलात्कारका, दोस्रोमा व्यक्ति हत्यासम्बन्धी

सुर्खेत। चालु आर्थिक वर्ष २०७८/७९ सकिनै लाग्दा असार मसान्तसम्म उच्च अदालत सुर्खेतमा सबैभन्दा बढी मुद्दा जबर्जस्ती करणीसम्बन्धी मुद्दा परेका छन्।

चालु आर्थिक वर्षमा सात सय ५६ थान मुद्दा अदालतमा दर्ता भएकोमा तीमध्ये सबैभन्दा बढी जबर्जस्ती करणीसम्बन्धी मुद्दा एक सय ७२ थान रहेको अदालतले जनाएको छ।

दोस्रोमा १०८ ओटा मुद्दा व्यक्ति हत्यासम्बन्धी रहेका छन्।

२६५ फर्छ्यौट हुन बाँकी रहेकासहित चालू आवमा परेका मुद्दासहित अदालतमा कुल १ हजार २१ मुद्दा छन्।

अदालतमा १०८ ओटा व्यक्ति हत्यासम्बन्धी, ९१ ओटा लागू औषधसम्बन्धी तथा देवानी मुद्दामा सबैभन्दा बढी अंश मुद्दा १९, सम्बन्धविच्छेदसम्बन्धी १७ र लेनदेनसम्बन्धी १३ मुद्दा रहेको उच्च अदालत सुर्खेतका न्यायाधीश माधवप्रसाद पोख्रेलले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved