अर्थमन्त्रीमाथि दीपकको व्यंग्य : ऊर्जामा हुँदा बाघ भन्थे, अहिले मुसा बनाए !

‘‘यही मान्छे उर्जामा हुँदा बाघ भन्थे, अहिले मुसा बनाए ! अर्थ न बर्थ गोविन्द गाई, सीसीटीभीले जागिरै खाई!’’

नेपालभ्युज

अर्थमन्त्रीमाथि दीपकको व्यंग्य : ऊर्जामा हुँदा बाघ भन्थे, अहिले मुसा बनाए !

काठमाडौं। कलाकार दीपकराज गिरीले अर्थमन्त्री जनार्दन शर्मामाथि व्यंग्य गरेका छन्।

बुधबार संसद्को रोष्ट्रमबाट अर्थमन्त्री शर्माले राजीनामाको घोषणा गरेपछि दीपकले ‘मुसा बनाए’ भन्दै व्यंग्य गरेका हुन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘‘Right man at right place भनेको यही हो ! यही मान्छे उर्जामा हुँदा बाघ भन्थे, अहिले मुसा बनाए ! अर्थ न बर्थ गोविन्द गाई, सीसीटीभीले जागिरै खाई!’’

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप लागेको थियो। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उनको राजीनामाको अडान राखेको थियो।

बुधबार ११ सदस्यीय संसदीय छानबिन समिति बनाएपछि शुरु भएको प्रतिनिधिसभाको बैठकमा उनले राजीनामाको घोषणा गरेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved