नेपालगञ्जका अग्रज खेलकर्मीहरु सम्मानित

सम्मानित सबैजना आफ्नो समयका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलमा सहभागी भइसकेका खेलकर्मी हुन्।

नेपालभ्युज

नेपालगञ्जका अग्रज खेलकर्मीहरु सम्मानित

काठमाडौं। ‘ओलम्पिक डे’का अवसरमा नेपालगञ्जका पहिलो पुस्ताका ११ जना अग्रज खेलाडी तथा खेलकर्मीहरु सम्मानित भएका छन्।

नेपाल ओलम्पिक कमिटीअन्तर्गत स्पोर्ट्स फर अल कमिसन (लुम्बिनी प्रदेश कमिटी)ले बुधबार सुर्खेत रोडमा सम्मान कार्यक्रमको आयोजना गरेको हो।

सम्मानित हुनेमा अशोकजंग थापा, अजितकुमार शर्मा, रतन टण्डन, सच्चिदानन्द चौवे, विश्वनाथ चौवे, विष्णुमान श्रेष्ठ, फजल अब्बास रिज्वी, गोवद्र्धन सिंह सम्झना, गोविन्द श्रेष्ठ, राकेश श्रीवास्तव, शान्ति सिंह रहेका छन्।

सम्मानित सबैजना आफ्नो समयका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलमा सहभागी भइसकेका खेलकर्मी हुन्।

नेपालगञ्जबाट हालसम्म चार जना ओलम्पियन निस्केका छन्। ओलम्पियन सुरेन्द्र हमाल (भारोत्तोलन), पार्वती थापा (सुटिङ), अनिता श्रेष्ठ (सुटिङ) र सोनिया भट्ट (जुडो) नेपालगञ्जबाट ओलम्पिकसम्मको यात्रा तय गर्ने खेलाडी हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved