जनकपुरधामका उपमेयर साहमाथि आक्रमण

जनकपुरधाम उपमहानगरपालिका– २३ बेलागाउँस्थित अतिक्रमण गरिएको जग्गा खाली गराउन माग गर्दै ज्ञापनपत्र बुझाउन आएको समूहले उपमेयर साहमाथि आक्रमण गरेको हो। आक्रमण गर्ने समूहमध्येका एक महिलाले साहमाथि चप्पल प्रहार समेत गरेकी छन्।

जनकपुरधामका उपमेयर साहमाथि आक्रमण

जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साहमाथि आक्रमण भएको छ।

जनकपुरधाम उपमहानगरपालिका– २३ बेलागाउँस्थित अतिक्रमण गरिएको जग्गा खाली गराउन माग गर्दै ज्ञापनपत्र बुझाउन आएको समूहले उपमेयर साहमाथि आक्रमण गरेको हो। एक महिलाले साहमाथि चप्पल प्रहार समेत गरेकी छन्।

बेला गाउँका स्थानीय समाजसेवी एवं दाताहरुले रामजानकी दुल्हा भगवान कुटीलाई प्रदान गरेको १७ बिघा १५ कठ्ठा जग्गा केही समययता टुक्राटुक्रा पारी बेचबिखन हुन थालेको भन्दै त्यसलाई रोक्न माग गर्दै स्थानीयहरु मेयरलाई ज्ञापनपत्र बुझाउन आएका थिए ।

मेयर कार्यालयमा नभेटेपछि उनीहरुले उपमेयर किशोरी साहलाई ज्ञापनपत्र बुझाए। ज्ञापन बुझेपछि उपप्रमुख साहले कार्यालय प्राङ्गगणमा सम्बोधन गर्न शुरु गरे । त्यस क्रममा उनले आफूहरु कसैलाई उजाड बनाउन नभई बसाल्न आएको बताएका थिए ।

त्यसपश्चात उपमेयर साहमाथि आक्रमण भएको हो । प्रहरी टोलीले उपमेयर साहलाई सुरक्षा दिएर कार्यकक्षमा लगेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved