सर्वोच्चको निर्णयविरुद्ध बारामा ११ दिनदेखि निरन्तर प्रदर्शन

सरोकार समितिको अगुवाइमा गरिएको मानव साङ्लो प्रदर्शनमा निजगढका स्थानीयसँगै विभिन्न विद्यालयका विद्यार्थीको बाक्लो उपस्थिति रहेको थियो।

सर्वोच्चको निर्णयविरुद्ध बारामा ११ दिनदेखि निरन्तर प्रदर्शन

जनकपुरधाम। निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा रोक लगाउने सर्वोच्चको निर्णयविरुद्ध बारा जिल्लाबासी आन्दोलित छन्।

विगत ११ दिनदेखि लगातार सर्वोच्चको निर्णय सच्याउन माग गर्दै आन्दोलन जारी रहेको छ। दैनिक २ घण्टाको दरले निजगढ सार्वजनिक सरोकार समितिले गर्दै आएको आन्दोलनलाई आजदेखि बढाएर ४ घण्टा पुर्याएको छ।

दिउँसो २ बजेदेखि शुरु गरेको आन्दोलन साँझ ६ बजेसम्म गर्ने सरोकार समितिले जनाएको छ। सोहि क्रममा आज गरिएको ४ घण्टाको आन्दोलनका कारण महेन्द्र राजमार्ग भएर गुड्ने सयौँ गाडीहरु अलपत्र परेका थिए।

आज निजगढबासीले वृहत् मानव साङ्लो प्रदर्शन गरेका थिए। सर्वोच्चको निर्णय नसच्चिए कडा आन्दोलन गर्ने निजगढ सार्वजनिक सरोकार समितिका संयोजक एकबहादुर श्रेष्ठले चेतावनी दिएका छन्।

सरोकार समितिको अगुवाइमा गरिएको मानव साङ्लो प्रदर्शनमा निजगढका स्थानीयसँगै विभिन्न विद्यालयका विद्यार्थीको बाक्लो उपस्थिति रहेको थियो।

आन्दोलनमा सहभागी ७० वर्षीय पदमकुमारी मैनालीले सर्वोच्च अदालतले वातावरण संरक्षणको नाममा विकासका काममा रोक लगाएर देशलाई नै अँध्यारोमा राख्न खोजेको बताइन्।

आन्दोलनमा बच्चादेखि वृद्धसम्मको बाक्लो उपस्थिति देखिएको छ।

हालै, अर्थमन्त्री जनार्दन शर्माले विमानस्थल बनाउनकै लागि बजेट छुट्याइएको र निजगढमै विमानस्थल बनाउन जे गर्नुपरे पनि गर्ने बताएपछि आन्दोलन झन् चर्किँदै गएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved